सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकाकाे निर्णय, आईतबार बिदा नदिने

बडिमालिका नगरपालिकाकाे निर्णय, आईतबार बिदा नदिने

  • बुधबार, जेष्ठ १८, २०७९
बडिमालिका नगरपालिकाकाे  निर्णय, आईतबार बिदा नदिने

बाजुरा — जिल्लाको बडिमालिका नगरपालिकाले आईतबार कार्यालयको कामकाज संचालन गर्ने निणर्य गरेको छ । सरकारले परीक्षणका लागि जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा २ दिन शनिबार र आईतबार सार्वजनिक विदा दिने निणर्य गरेको भएपनि बडिमालिका नगरपालिकाले भने आईतबार  विदा नदिने निणर्य गरेको हो ।
नगरपालिकामा नयाँ जनप्रतिनिधी आईसकेपछि स्थानीय सरकार ऐन संचालन निर्देशीका बमोजीम नगर कार्यपालिकाको पहिलाे बैठकबाट सरकारले तोकेको आईतबारको दिन दिईने भनेको सार्वजनिक विदाले नगरपालिकाको काममा प्रत्यक्ष असर पर्ने भन्दै सो दिन सार्वजनिक विदा नदिने निणर्य गरेको नगरपालिकाका प्रबक्ता तथा बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए ।

सार्वजनिक विदा गर्ने सरकारको निणर्यले विद्यालयको पठनपाठन, स्वास्थ्य संस्थामा उपचार गर्न आउँने विरामी र कार्यालयको कामकाज प्रभावित हुने भएपछि २३ गतेबाट लागू हुने गरी आइतबारदेखि शुक्रबारसम्म साविककै समयमा कार्यालय र विद्यालय सञ्चालन गर्ने निणर्य गरेको नगर प्रमुख खड्काको भनाई छ ।
बडिमालिका नगरपालिकाको पहिलो नगर कार्यपालिकाको सम्पन्न पश्चात पत्रकार सम्मेलन मार्फत निणर्य सार्बजनिक गरेको छ । बडिमालिका नगरपलिकाको हलमा संचालन गरिएको पत्रकार सम्मेलन मार्फत नगर कार्यपालिकाकाले गरेका निणर्यहरु सार्बजिनकरण कार्यक्रममा नगर प्रमुख अमर खड्का वडा अध्यक्षहरु समेतको उपस्थिती रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार