बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • शिक्षा
  • बेलाैरी : एम.एड सञ्चालनका लागि डीनकाे टाेलीद्धारा क्याम्पसकाे अवलोकन

बेलाैरी : एम.एड सञ्चालनका लागि डीनकाे टाेलीद्धारा क्याम्पसकाे अवलोकन

  • बुधबार, जेष्ठ १८, २०७९
बेलाैरी : एम.एड सञ्चालनका लागि डीनकाे टाेलीद्धारा क्याम्पसकाे अवलोकन

चन्द्रिका चाैधरी/बेलाैरी कञ्चनपुर — स्नातकोत्तर तहमा शिक्षा संकाय सञ्चालनका लागि डीन कार्यालय प्रशासन प्रमुखकाे टाेली द्धारा महाकाली बहुमुखी क्याम्पसकाे अवलोकन गरिएको छ । साेमबार त्रिभुवन विश्वविद्यालय डीन कार्यालयका प्रशासन प्रमुख निरञ्जन खड्का सहितको टाेलीद्धारा क्याम्पसकाे अध्ययन अवलोकन गरिएको हाे ।

दुईदिने सम्भावना अध्ययन अनुगमनका क्रममा खड्का सहितको टाेलीले क्याम्पसकाे सर्वाङ्गीण पक्षको खुलेरै प्रशंसा गरेको बताइएको छ ।

क्याम्पस सञ्चालक समिति अध्यक्ष हरेन्द्र सिंह विष्टले भने – “हामी सफल भएका छाैं अब भदाै महिना देखि स्नातकोत्तर तह शिक्षा संकाय एमएड का कक्षाहरु सञ्चालनमा आउने छन् । ” महाकाली बहुमुखी क्याम्पस यस क्षेत्रकाे शैक्षिक हव बन्ने निश्चित भएकाले क्षेत्रबासि सबैलाई धन्यवाद छ । उहाँहरूकाे साथ सहयोग र समन्वयले हामी सफल भएका हाै ।”

भने, मंगलबार क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरेन्द्र सिंह विष्टको अध्यक्षतामा बसेको बैठकले एमएड कक्षा सञ्चालनमा ल्याउने निर्णय समेत गरेको क्याम्पस प्रमुख धर्मराज जाेशीले जनाए ।

बैठकमा पूर्व क्याम्पस प्रमुख प्रेम सिंह बाेहरा, सदस्य केशव राज जाेशी, धनेष दत्त पन्त, टेक बहादुर साउँद, वडा अध्यक्ष भोज राज चौधरी लगायतकाे उपस्थिति रहेको क्याम्पस प्रमुख जाेशीले बताए ।

काँग्रेस नेता समेत रहेका सञ्चालक समिति अध्यक्ष बिष्टको एकल प्रयासमा बेलाैरी क्षेत्रमा स्नातकोत्तर तह सञ्चालन हुने भएपछि स्थानीय हर्षित भएका छन् ।

पूर्व शिक्षक समेत रहेका विष्टले बेलाैरीकाे शिक्षा क्षेत्रमा महत्त्वपूर्ण याेगदान पुर्‍याएकाे भन्दै उनको यतिबेला चाैतर्फी प्रशंसा हुन थालेको छ ।

भने यसपछि लगत्तै स्नातकोत्तर तहमा बिए र एमबिएस का कक्षा पनि सञ्चालन हुने समितिका अध्यक्ष विष्टले रेडियो सुदूर सञ्चारलाई जानकारी दिए । उनलेे- अत्यन्तै मिहिनेतका साथ हाम्रो वर्षाै देखिकाे सपना साकार भएको समेत बताए ।

अब दक्षिणीक्षेत्र बेलाैरी, बेलडाँडी, पुनर्वास र लालझाडीका हजारौं गरिब विपन्न वर्गका विद्यार्थीहरुले घर बसेरै गुणस्तरीय उच्चशिक्षा अध्ययन गर्न पाउने भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार