सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बडिमालिका
  • प्रेस चौतारी बाजुराद्धारा बडिमालिका नगरपालिकाका जनप्रतिनिधीलाई बधाई तथा सम्मान

प्रेस चौतारी बाजुराद्धारा बडिमालिका नगरपालिकाका जनप्रतिनिधीलाई बधाई तथा सम्मान

  • मङ्लबार, जेष्ठ १७, २०७९
प्रेस चौतारी बाजुराद्धारा बडिमालिका नगरपालिकाका जनप्रतिनिधीलाई बधाई तथा सम्मान

बाजुरा — प्रेस चौतारी नेपाल जिल्ला शाखा बाजुराको आयोजनामा बडिमालिका नगरपालिकाका जनप्रतिनीधीहरुलाई बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ । बडिमालिका नगरपालिकाको सभाहलमा एक कार्यक्रमका बिच प्रमुख उप प्रमुख तथा वडा अध्यक्षहरुलाई बधाई तथा सम्मान गरेको हो ।

प्रेस चौतारी बाजुरा शाखाकै अध्यक्ष नन्दा थापा उप प्रमुख भएकोमा बधाई ज्ञापन समेत गरेको छ । प्रेस चौतारी नेपाल जिल्ला शाखा बाजुराकी अध्यक्ष नन्दा थापाको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अतिथी बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का रहेका थिए ।
नगर प्रमुखनगर उप प्रमुख बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्याय, वडा न ८ का वडा अध्यक्ष चन्द थापा लगायतका वडाअध्यक्षहरुहरुलाई बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरेको प्रेस चौतारी नेपालका उपा अध्यक्ष मदन बिकले बताएका छन ।
प्रेस चौतारी नेपाल जिल्ला शाखा बाजुराका सचिव रमित बिकले संचालन गरेको कार्यक्रमको स्वागत उपाअध्यक्ष मदन विकले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार