गजल!

  • मङ्लबार, जेष्ठ १७, २०७९
गजल!

कसैको अगाडी चुनौतीकै ठुलो भिर हुन्छ,
कसैको निदार भरी रातै रातो अबिर हुन्छ।

शोशकले त गर्नेसम्म फटांई गय्रो सधैभरी,
दोशि सबैको नजरमा आफ्नै तक्दिर हुन्छ।

सरकारले जति रिणलिएपनि देशका लागी,
त्यही सबै रिण तिर्ने नागरिकको सिर हुन्छ।

खाडिमा गएका युवाहरू आर्काको दाशझैं,
प्रचण्ड घाम मा भेंडा चराउँन हाजिर हुन्छ।

कस्तो समाज हो छैन औषधी उपचार गर्ने,
मुर्दाहरूलाई असलि दुध घ्युको खिर हुन्छ।

बाबाले सिकाउँनु भयो झुठ नबोल्न मलाई,
सांचो बोल्दा छोरा छोरीलाई पनि पिर हुन्छ।

पुंजिवादी समाज मा गरिबले कसरी जितने,
जित उस्कै हुन्छ जो फटांईगर्न माहिर हुन्छ।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार