सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बडिमालिका
  • स्वास्थ्य अधिकार सुधार परियोजना अन्तर्गत बडिमालिका ६ मा देउडा गीत प्रतियोगिता

स्वास्थ्य अधिकार सुधार परियोजना अन्तर्गत बडिमालिका ६ मा देउडा गीत प्रतियोगिता

  • शनिबार, जेष्ठ १४, २०७९
स्वास्थ्य अधिकार सुधार परियोजना अन्तर्गत बडिमालिका ६ मा देउडा गीत प्रतियोगिता

बाजुरा — जिल्लाको बडिमालिका नगरपालिका वडा नं.६ मा स्वास्थ्य अधिकार सुधार परियोजना अन्तर्गत बडिमालिका नगरपालीका वडा नं. ६ मा शनिबार देउडा गीत प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य अधिकार सुधार परियोजनामा पिसवीन बाजुरा, जी एन आई कोईका गुड नेईबर्स , किडार्क को आर्थिक सहयोग लगायका सँघ सँस्थाहरुको सहयोग र वडा न ६ को समन्वयमा सन्चालन गरिएको हो । कार्यक्रममा पाँच वटा महिला देउडा समुहको सहभागी रहेको कार्यक्रम सन्चालक उमेश बडुवालले बताएका छन । महिनावारी प्राकृतिक प्रक्रिया हो,यो लाज नभई गर्भको विषय हो,यस बारे खुलेर कुरा गरौँ,महिनावारी सम्वन्धी गलत धारणा र अभ्यासको अन्त्य गरौँ भन्ने नाराका साथ महिनावारी स्वच्छता ब्यवस्थापन दिवसको अवसरमा मर्यादित महिनावारी हाम्रो जिम्मेवारी बिषयका देउडा गीत प्रतियोगिता कार्यक्रम सम्पन्न गरिएको उनले बताए ।
विभिन्न किसिमका छाउपडी तथा छुवाछुत अन्त्यका लागि गरिएका कार्यक्रमले महिलाहरु छाउगोठमा बस्ने चलन न्युन रहेको बताएका छन । महिनावारी भएको समयमा घरभित्र पसे भान्सा कोठा छोए देविदेवता लाग्ने भन्ने डरले पनी कतिपए महिलाहरु अलग बस्नु बस्ने गरेका भए पनि अहीले त्यो चलन हटाउदै गएका बडिमालिका ६ कि महिला स्वयमसेविका पिण्टु देवी दानीले बताईन ।

गाउँघरमा पहिला पहिला महिनावारी भएको समयमा गोठमा बस्ने चलन भएता पनी विस्तारै घरकै एक सफा कोठामा बस्ने गरेको महिला स्वयमसेविका दानीले बताईन । स्वास्थ्य अधिकार सुधार परियोजना कार्यक्रममा वडाका ३ यि महिलाहरुलाई एक एक पिस सेनीटरी प्याड बितरण गरिएको जनाएकोे छ ।
स्वास्थ्य अधिकार सुधार परियोजना कार्यक्रममा पाँच वटा समुह मध्ये पहिलो, दोस्रो, तेस्रो समुह र सान्तोना हुने समुहलाइ पनि पुरस्कारको व्यवस्था गरिएको थियो ।
कार्यक्रम संचालन उमेश बडुवालले गरका थिए भने अध्यक्षता वडा सदस्य प्रेम बडुवालको अध्यक्षतामा संचालन गरिएको थियो । अन्य जनप्रतिनि , महिला पुरुष ,गैरसरकारी संस्थाका कर्मचारी शिक्षक लगाए सबैको सहभागीता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार