शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • आर्थिक अभावका कारण बाजुराको वुढीनन्दा ४ का धामीको परीवार बिचल्लीमा 

आर्थिक अभावका कारण बाजुराको वुढीनन्दा ४ का धामीको परीवार बिचल्लीमा 

  • शनिबार, जेष्ठ १४, २०७९
आर्थिक अभावका कारण बाजुराको वुढीनन्दा ४ का धामीको परीवार बिचल्लीमा 

कालिका उपाध्याय– बाजुराको वुढीनन्दा नगरपालिका वडा नं चार कुरुका स्थानिय कला धामीको परीवारलाई  आर्थिक अभाव हुदा परिवार बिचल्लीमा परेकाे छ । आर्थिक अवस्था कमजोर भएकि धामीको परीवारलाई आफु संगै छोरीको पालन पोषणमा समस्या भएको हो । दुई वर्ष अगाडी श्रीमान गुमाएकी  २५ वर्षिया धामीको परीवारमा रोजगारी र कमाई गर्ने जीम्मेवारी ब्यक्ति नहुँदा दैनिकि गुजारा गर्न समस्या भएको कला धामीले बताएकी छन ।

 धामीको परीवारले आर्थिक संकट संगै साझँ विहान छाक टार्न समेत समस्या भएको गुनासो पोखेका धामीले बताएकी छन । मुटु रोगले ग्रसित वनेका श्रीमानलाई आर्थिक अभावका कारण समयमा उपाचर गर्न नसकेर अकालमा मृत्यु भएको धामीले बताएकी छन। श्रीमान हुदा जसो तसो घर ब्यवहार चलेको थियो, छोरीको पालन पोषणमा समस्या थिएन, हाल बिहान बेलुकाकाे छाक टार्न समेत समस्या भएकाे उनले बताइन् । दैनिक ज्याला मजदुर गरेर भए पनि श्रीमानले घर चलाएको स्मरण गर्दै धामीले श्रीमानको मृत्यु पछि छोरीको पालन पोषण देखि पढाई लेखाई सम्म सवै जीम्मेवारी आफ्नो काधँमा आए पनि कमाई नुहदा समस्या भएको उनले बताएकी छन ।

No description available.

खेतिपातीका लागि प्रयाप्त जग्गा जमिन पनि नभएको र भएको जमिनमा खेति गर्न पनि आफन्तको साहारा लिनु पर्ने उनकाे गुनासो रहेकाे छ । १३ वर्षमा विवाहा वन्धनमा वाधिँनु भएका धामीका अहिले चार वटा छोरी रहेका छन । जेठी छोरीमा कान नसुन्ने समस्या रहेको धामीको भनाई छ ।

No description available.

करीव चार वर्षको हुँदा कान नसुन्ने समस्या भएको छोरीको आर्थिक अभावका कारण अहिले सम्म पनि उपचार गर्न नपाएको उनकाे  दुखेसो पाेखेकी छन । अर्को छोरी आफन्तको घरमा  वस्दै आएकि धामीले बताएकी छन । दैनिकि ज्याला मजदुर गरी परीवारको गुजारा चलाउदै आउनुभएका धामीले छोरीको पढाई लेखाई र पालन पोषण गर्न नसक्ने भन्दै आफन्तको जीम्मा लगाएको धामीले बताइन ।

No description available.

अहिले आफु संग ३ वटा छोरी र एउटा साशु रहेको र घर खर्च र छाेराछाेरीकाे पढाइ खर्च चलाउन समस्या भएकाे उनले बताएकी छन । दैनिक ज्याला मजदुर गरेर परीवार पाल्दै आए पनि काम नपाउँदा परीवार पाल्न सकस भएको धामीले बताएकी छन । आर्थिक अभावले छोरीको पढाई लेखाई र पालन पोषणमा समस्या भएको भन्दै धामीले सहयोगको अपेक्षा गरेकी छन् ।

चर्चामा

सम्बन्धित समाचार