शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • खेलकुद
  • अमेरिकाको मेरिल्यान्ड राज्यमा अवस्थित सुदुर पश्चिम क्लवका खेलाडीले रानिबन स्पोर्ट्स क्लबलाई नगद सहयाेग

अमेरिकाको मेरिल्यान्ड राज्यमा अवस्थित सुदुर पश्चिम क्लवका खेलाडीले रानिबन स्पोर्ट्स क्लबलाई नगद सहयाेग

  • शनिबार, जेष्ठ १४, २०७९
अमेरिकाको मेरिल्यान्ड राज्यमा अवस्थित सुदुर पश्चिम क्लवका खेलाडीले रानिबन स्पोर्ट्स क्लबलाई नगद सहयाेग

बाजुरा — अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा आयोजित सहिद स्मारक “सि” डिभिजन लिग प्रतियोगिता हुन गईरहेकाे रानिबन स्पोर्ट्स क्लबलाई अमेरिकाको मेरिल्यान्ड राज्यमा अवस्थित सुदुर पश्चिम फुटवल क्लवका खेलाडीले सहयाेग गरेका छन । अमेरीका स्थित सुदुर पश्चिम फुटवल क्लवका खेलाडीले  ६ सय ५४ डलर अर्थात नेपाली रुपैयाँ असी हजार अन्ठाउन्न रुपैयाँ, त्रिचालीस पैसा सहयाेग गरेका छन । अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा आयोजित सहिद स्मारक “सि” डिभिजन लिग प्रतियोगिता हुन गईरहेकाे रानिबन स्पोर्ट्स क्लबले भाग लिएकाे छ ।

सबैजना बाजुराली नागरिक भएकाले सम्पुर्ण बाजुराली रानिबन स्पोर्ट्स क्लबका खेलाडिकाे लागि सहयाेग गरेकाे सहयाेगी दाताहरुले बताएका छन । बाजुराकाे रानीबन स्पोर्ट्स क्लब अन्य जिल्ला भन्दा बिकट जिल्ला भएकाले खेलाडीहरु आर्थिक अवस्था कमजाेर भएकाले केहि आयाेजित प्रतियाेगिताहरुबाट बन्चित हुनु पर्ने भएकाले जुनसुकै ठाउँमा, जुनसुकै पेशामा आबद्ध सम्पुर्ण फुटबल प्रेमी सहयाेगी   रानीबन स्पोर्ट्स क्लबले सहयोगको समेत अपेक्षा गरेकाे छ ।

सहयोग दाताहरुको नाम र रकम निम्नानुसार रहेको छ ।
यज्ञ बहादुर राना १२१ डलर
केदार बिक्रम शाही १२१ डलर
सुशील नाथ १०० डलर
नरेन्द्र बुढा ३१ डलर
आर्यन शाही ५० डलर
भुपेश शाही १०० डलर
मनलाल जोशी ५१ डलर
दिपक पन्डित ३० डलर
बिक्रम शाही ५० डलर
जम्मा ६५४ डलर

चर्चामा

सम्बन्धित समाचार