मङ्लबार, जेष्ठ ८, २०८१

गजल!

  • बुधबार, जेष्ठ ११, २०७९
गजल!

थाहा छ यिनै नेताहरू कति वेमान हुन्छन,
रित्तो झोला र मष्तिकभित्र उखान हुन्छन।

सरकारमा छंदा अतिकर्मण नदेख्नेहरूको,
अपुजिसनमा गए देशभक्ति अडान हुन्छन।

पठाउँछन सिमानाहरूमै आफ्नो चेलालाई
देखाउँन त्यहा भ्रमितपार्ने प्राबधान हुन्छन।

मात्र एकले आर्कालाई तंई मैलो भन्नेहरूले,
देखदैनन् पिठ्युंमा मयलको खदान हुन्छन।

थाहा छ भ्रम छर्न माहिर आसे पासे र गासे,
उनै बिदेशका दलाल नेताको पराण हुन्छन।

सबैलाई थाहाछ छिमेकले थुप्रै भूमी मिच्यो,
किन यि मुद्धा बिपक्षमा मात्र उठान हुन्छन।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार