• होमपेज
  • विचार/ब्लग
  • खै ??? दलितकाे न्याय !!

खै ??? दलितकाे न्याय !!

  • मङ्लबार, जेष्ठ १०, २०७९
खै ??? दलितकाे न्याय !!

जनक बि सि

२0७७ जेठ १0 गतेकाे त्यो क्रुर पासबिक घटना ,
रुकुम पस्चिम चाैर जहारि नगरपालिका ८

कथित उच्च जातको छाेरि प्रेम गरेको कारणमा मारिन पुगे ति दलित ,
घटना यति पासबिक जसलाई लखेटि लखेटि मारेर फ्याकिए ति दलित ।

हत्या भयो हत्याको छानबिन भयो अपराधी गिरफ्तार भए तर कानुनी कारबाही भएन हत्याराहरुलाई ,,,, कति अन्याय हाे दलित ।

प्रेम त बास्तविक प्रेम थियो त , अन्तर जातिय बिबाह हुन गइरहदा केटाकेटी बिच साच्चै जातिबादकाे अन्त्य भएको थियो ।

जातिबाद कति तानाशाही छ जातिबादकाे अन्त्य गर्न सम्पुर्ण दबिएका ए,,,, दलितहरु जुरुक्क उठनु छ ।

दलित भनेर पशुवत ब्यबहार गर्न पाईदैन गणतन्त्र कानुनमा के लेखिएको छ त्यो कार्यन्वयन गर्नु छ सरकार ।

ए,,,,, सरकार नाममात्रको सरकार चाहिदैन याे समाज र देशलाई हत्याराहरु कारबाही गर्दै “जा” कानुनी राज दे देशलाई ।

२0७७ जेठ १0 गतेकाे घटनाका हत्याराहरु रुकुम चाैरजहारिमा कहाँ ??? लुकेका छन सरकार

अपराधी हत्याराहरु अबस्य कारबाही गर्दै “जा” गणतन्त्र देशकाे कानुन त कार्यन्वयन गर सरकार तर खै??? दलितको न्याय चाैरजहारिले यही खाेजेकाे हाे सरकार ।

चर्चामा

सम्बन्धित समाचार