आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • राजनीति
  • बाजुराका १६ जना उम्मेदवारको शुन्य मत

बाजुराका १६ जना उम्मेदवारको शुन्य मत

  • आइतवार, जेष्ठ ८, २०७९
बाजुराका १६ जना उम्मेदवारको शुन्य मत

बाजुरा — स्थानीय तह निर्वाचन २०७९ मा बाजुराका केही उम्मेदवारले शुन्य मतदेखि दोहोरो अंकको मत संख्या समेत कटाउन सकेनन् । चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवारमध्ये बाजुराका १६ जना उम्मेदवारले एकमत पनि पाएका छैनन् भने २१ जनाको १० मत भन्दा कम मात्रै पाएका छन् । तथ्याङ्क अनुसार बाजुराका अधिकांस उम्मेदवारले दोहोरो अङ्कको मत ल्याउन सकेका छैनन् । जिल्लाका  ९ स्थानिय तह मध्य ८ स्थानिय तहकाे तथ्याङ्कअनुसार १६ जना उम्मेदवारकाे मत शुन्यमा रहेकाे पाइएकाे छ भने २१ जना उम्मेदवारले १० मत भन्दा कम मत ल्याएका छन ।
निर्बाचन आयोगका वेबसाईडमा राखेको तथ्यांक अनुसार जिल्लामा उम्मेदवारी दिएकामध्ये १६ उम्मेदवारले १ मत पनि पाउन सकेका छैनन् । एक मत पनि नपाउने उम्मेदवारमाहरुमा त्रिबेणी नगरपालिकाका वडा न ७ का स्वतन्त्रबाट वडाअध्यक्षका उम्मेदवार भरत बहादुर शाह, वडा न ८ का वडा अध्यक्षका उम्मेदवार मान बहादुर थापा, वडा न ९ का वडा अध्यक्षका उम्मेदवार भक्त बहादुर थापा रहेका छन । त्यसै गरी सदस्यहरुमा नेकपा एकिकृत समाजबादीबाट वडा न ७ का वडा सदस्यका उम्मेदवार बिष्णु रावत, स्वतन्त्रबाट वडा न ७ कै दाने अएडी र कर ल्वार रहेका छन भने वडा न ९ बाट स्वतन्त्रबाट उम्मेदवारी दिएका सर्प बहादुर साउँद रहेका छन ।
त्रिबेणी नगरपालिकाकै वडा न १ बाट महिला सदस्यका उम्मेदवार नरुदेवी साउँद र वडा न ७ की सितादेवी अएडीको पनि शुन्य मत रहेको छ ।
जगन्नाथ गाउँपालिका वडा नम्मर २ का स्वतन्त्रबाट वडा अध्यक्षका उम्मेदवार जयसुर बिष्टको पनि शुन्य मत रहेको पाइएको छ । बुढिनन्दा नगरपालिकामा नगर प्रमुखकै उम्मेदवार बिर बहादुर रोकायाले पनी एक मत पाउन सकेका छैनन् । त्यसै गरी सोही नगरपालिका वडा न ८ की नेकपा एकिकृत समाजबादी पार्टीबाट महिला सदस्यमा उम्मेदवारी दिएकी प्रमिला गुरुङको पनि शुन्य मत रहेको छ ।
स्वामिकार्तिक खापर गाउँपालिकाका वडा न १ का दुई जना वडा अध्यक्षहरुको पनि शुन्य मत रहेको छ । जसमा जनता समाजबादी पार्टीबाट उम्मेदवार रहेका साउने कामी र राप्रपाबाट वडाअध्यक्षका उम्मेदवारी दिएका नन्दलाल रावलको मत शुन्यमा रहेको छ ।
त्यसै गरी गौमुल गाउँपालिका वडा न ६ को वडा अध्यक्षमा उम्मेदवारी दिएकी सोनु रोकायाको पनि शुन्य मत रहेको निर्बाचन आयोगको तथ्याङकमा रहेको छ । त्यसै गरी हिमाली गाउँपालिका वडा न २ मा दलित महिला सदस्य खाली रहेको तथ्याङमा उल्लेख छ ।

चर्चामा

सम्बन्धित समाचार