शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • देश
  • मोदीले भारतलाई बोल्न नपाउने देश बनाएको गान्धीको आरोप

मोदीले भारतलाई बोल्न नपाउने देश बनाएको गान्धीको आरोप

  • आइतवार, जेष्ठ ८, २०७९
मोदीले भारतलाई बोल्न नपाउने देश बनाएको गान्धीको आरोप

लण्डन — भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई बोल्न नपाउने देश बनाएको आरोप लगाएका छन्। लण्डनमा शुक्रबार आयोजित एक सम्मेलनमा उहाँले प्रधानमन्त्री मोदी र केन्द्र सरकारको आलोचना गर्दै भारतमा स्वतन्त्र अभिव्यक्तिको कदर हुन छाडेको बताए।

“भारत बोल्न नपाउने देश बन्न सक्दैन, स्वतन्त्र रूपमा बोल्न पाउनुपर्छ प्रधानमन्त्रीमा ‘म सुन्न चाहन्छु,’ भन्ने मनोवृत्ति हुनुपर्छ,” प्रधानमन्त्री मोदी, भारतीय जनता पार्टी र राष्ट्रिय स्वयम् सेवक सङ्घ ९आरएसएस० लाई आक्रमणको निशाना बनाउँदै उनले भने।

अवसरहरूमा सबैको समान पहुँच सुनिश्चित हुनुपर्नेमा जोड दिँदै उनले कर्मअनुसार सबैको समान पहुँच हुनुपर्छ भन्ने आफ्नो मान्यता भएको स्पष्ट गर्दै दलित होस् वा ब्राह्मण समान व्यवहार र अवसर उसले पाउनुपर्ने ५१ वर्षीय नेता गान्धीले थपे।

रतीय लोकतन्त्र विश्वकै लागि महत्वपूर्ण रहेको र त्यो विश्वव्यापी जनहितका निम्ति भएको बताउँदै उनले लोकतन्त्रलाई व्यवस्थित गर्न नसके त्यसले समस्या निम्त्याउने तर्क गरे। यो यथार्थलाई संयुक्त राज्य अमेरिकाले महसुस गरिरहेको पनि नेता गान्धीले उल्लेख गरे। -रोयटर्स रासस

चर्चामा

सम्बन्धित समाचार