• होमपेज
  • विचार/ब्लग
  • स्थानिय निर्वाचन सम्पन्न भयो!

स्थानिय निर्वाचन सम्पन्न भयो!

  • शनिबार, जेष्ठ ७, २०७९
स्थानिय निर्वाचन सम्पन्न भयो!

सुरेशकुमार पान्डे — जुन सुकैले जितेपनि त्यो नेपाली नागरिककोनै जितहो।
एउटै घरका शन्तानको बिच भयको चुनावी प्रतिसप्रदामा कसैले जिते कसैले हारे कसैले न हार्दै कसैको जित कसरी हुँन्थ्यो?यो हार जित त स्वभाबिक बिषयहो।
कतिपय ठाउँमा शान्तिपुर्वक मतदान भयो भने कतिपय ठाउँमा झड्प पनि भयो।अहिलेको स्थानिय चुनावमा एकजना युवक पुलिसको गलिबाट मृत्यु भयको समाचर पनिछ स्याङ्जामा वहान दुर्घटनाले धेरै ज्यान गयो,कतिपय ठाउँमा बुथ केप्चर पनि भयो र कतिपय ठाउँमा मत पेटिका लिएर भागेको पनि खबरछ।उपरोक्त घटनाको बावजुद स्थानिय निर्वाचन सम्पन्न भयो।
अब लगातार भोटको गिन्ति हुंदैछ र जितको घोषणा भैसकेपछि आफुलाई धेरै उत्तेजित नबनाउँ बढी नारा जुलुस र खुसियाली गरेर ध्वनिप्रदुषण पनि नफैलाउँ विवेकसिल प्राणिहरूले सब्य भयर हारेका प्रतिनिधिहरू समेको सम्मान गरौं किनकी हाम्रो जीत नै कसैको हारले दिएको कोसेलीहो भन्नेकुरालाई बुझेर आफ्नो प्रतिदोन्दी सँग मैत्रिपुर्ण ब्यबहार गरौँ।
वास्तबमा जनताले हामिलाई दिएको आ आफ्नो अमुल्य मत राष्ट्रियता गणतन्त्र र जनजिविकाको पक्षमाहो भन्नेकुरालाई आत्मासाथ गरेर आ आफ्नो कार्यकाल वेदाग रहेर पांच बर्षको आगामि स्थानिय निर्वाचन सम्म आ आफ्नो जिम्मेवारी पुरागर्न कटिबद्ध रहनुहुँनेछ।नभुल्नुस तपाँई लाई जनताले दिएको मत भित्र जनताको थुप्रै आकंक्षा आशा र भरोसो लुकेको हुन्छ।
जनताले दिएको अशिम बिस्वासलाई सम्मान गरेर उनिहरू सँग बिस्वासघात नगर्नुहौश।
जनप्रतिनिधिहरूले अनुसाशनमा रहेर गाउँमा हेल्थ पोष्टमा प्राप्त मात्रामा उपचारका साधानहरू जुटाउँने बाटोलाई बलियो र दुर्घटना रहित बनाउँने बिधुतलाई सुचारू गर्ने बिधुत भनेको एउटा खतरनाक चिजहो तर अहिले हाम्रो आधारभुत आबस्याकता भित्र प्रने मध्यको चिजपनिहो।यसमा ला-प्रवाहीले ज्यानपनि जान सक्छ त्यसकारण काठाको पोलमा करेंट आउँन पनि सक्छ यस्लाई ब्यबस्थित बनाउँनुपर्छ।
उस्तै खानेपानी,बिध्यालय र बाटो यो सबैलाई नभैनहुंने साझा हुन्छन त्यसकारणले जितेका प्रतिनिधिहरूले माथि बाट आएको रकमलाई सदपयोग गरेर नागरिकलाई सुःख दिन सुक्नु हुन्छ यस्मा प्रतिपक्षको भुमिका समेत ऐतिहासिक हुन्छ।जती जितेका ब्याक्तिको जिम्मा हुन्छ त्यही अनुपातमा हारेका प्रतिपक्षको पनि भुमिका हुनुपर्छ।गाउँ र सहरमा हुंने झिना मसिना भ्रष्टचारलाई रोकेपछि देशलाई काफि फाईदा पुग्दछ।कतैबाट पनि चुहावट भयन भने नागरिकले सुबिधा पाउँन सक्छन।त्यसकारणले सबैले आफ्नो जिम्मेवारीलाई सुनिश्चित गर्न सक्नुपर्छ।अहिले हारेकोले आगामी निर्वाचनमा जित्न पनि सक्छन त्यसकारण जितेका प्रतिनिधिले आवेगमा न आएर हारेकालाई ससम्मान छलफलमा मैत्रिपुर्ण ब्यबहार गर्न सक्नुपर्छ।
हामिलाई थाहाछ यो एउटा बुजुर्वा बहुदलिय ब्यबस्था भित्रको चुनावी दंगलहो यंहा जित्नेहरूले धेरै प्रयात्न गरेर जित हासिल गरेका हुन्छन तर पनि हाम्रो थोरै कम्जोरीले जनताले दिएको अघात बिस्वासमा प्रश्न चिन्ह लाग्न सक्छ त्यसकारण जनताले दिएको जिम्मेवारीलाई आत्मासाथ गरेर अगाडी बढ्नुपर्छ।
देशलाई आत्मनिर्भर बनाउँन सरकारलाई दवाब दिने देशभित्र रोजगार उपलब्द गराउँन प्रयात्न गर्ने पनि हाम्रो जिम्मेवारीहो।नागरिकहरूको बिचमा परिआएका कामलाई निस्वार्थ रूपमा आफ्नो कर्तव्य सम्झेर सक्दो सहयोगि भावना अप्नाउँनुपर्छ।नगरपालिका भित्र जनताका थुप्रै लम्बित काम हरूलाई प्राथमिकताका साथ हलगर्ने मेर उपमेरको जिम्मा हुन्छ।देशको बिकासका लागि श्रोतहरू तलास्ने जिम्मापनि मेर उपमेरहरूको हो वंहाहरूले देशको हितमा थुप्रै भुमिका चाल्न सक्नु हुन्छ।
यसरी जितमा बढी खर्च गर्ने खुसि मनाउँने र जुलुस निकाल्ने जस्ता ब्यबहार गर्नुभन्दा पहिले नागरिकको समस्या प्रतिपक्षको भावनालाई पनि बुझेर मात्र गर्नुपर्दछ।
अहिले जितेका जुनसुकै पार्टीका भयपनि सबैलाई बधाई तथा सफल कार्यकालको लागी हार्दिक शुभकामना छ।हामिसबैले निर्वाचनमा भागलिएर देशको सम्बिधानको सम्मान गरेर आचार सहिंता भित्र रहेर आ आफ्नो हार स्विकार गर्नु भयका मित्रहरूलाई पनि तहदिलदेखी धन्यावाद भन्दछौँ।देशको एउटा सब्य नागरिक भयको हैसियत पुरा गर्नुभयकोमा सबैलाई सम्मानछ।साथै आफुले हारेपनि आफु एउटा सब्य नागरिकको हैसियतले सामाजिक कार्यमा कांधमा कांध मिलाएर भ्रष्टचारलाई रोक्न प्रयात्न गर्नुहुंनेछ।
पुँजिवादी राजनीतिको रिढ भनेको यो पांच बर्षमा हुँने निर्वाचननै हो।यस पछि आम निर्वाचन पनि नजिकैछ देशका जनताले सम्बिधान सभा गरेर निर्माण गरेको सम्बिधानको रक्षागर्नु आम नागरिकको कर्तव्य पनिहो।आफुलाई सम्बैधानिक रूपमा अनुसासित राखेर आ आफ्नो विवेकलाई प्रयोग गर्नु भयका तमाम जनताहरूनै यो देशका कर्णधार हुन्छन।सम्बिधानले सबैका समस्य समेट्न सकेको नहुँन सक्छ संघियता लगायतका थुप्रै कमिहरू सम्बिधान भित्र अटाएकाछन त्यसको बिरोधपनि हामिले सम्बैधानीक तवर बाटनै गर्नुपर्छ।हामि सबैको एकतामा देशको भविश्य शुरक्षित हुन्छ।अखण्ड देशका लागि हाम्रो एकता अपरिहार्यछ।

चर्चामा

सम्बन्धित समाचार