शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • उत्तर कोरियामा ज्वरोबाट २२ लाख प्रभावित

उत्तर कोरियामा ज्वरोबाट २२ लाख प्रभावित

  • शनिबार, जेष्ठ ७, २०७९
उत्तर कोरियामा ज्वरोबाट २२ लाख प्रभावित

प्योङयाङ– उत्तर कोरियामा अप्रिलको अन्त्यदेखि अहिलेसम्म ज्वरोका बिरामी २२ लाख २४ हजार ६ सय १० पुगेको कोरियाको केन्द्रीय समाचार संस्था (केसीएनए) ले शुक्रबार जानकारी गराएको छ। यो अवधिमा चौध लाख ८६ हजार ७३० भन्दा बढी बिरामी निको भइसकेका र ६५ जनाको मृत्यु भएको बताइएको छ।

उत्तर कोरियाली अधिकारीले बुधबार दिउँसोदेखि बिहीबारसम्मको २४ घण्टाको अवधिमा दुई लाख ६३ हजार ३७० व्यक्ति ज्वरोको कारण अस्पताल तथा स्वास्थ्य केन्द्रमा उपचारका लागि पुगेका बताइएको छ। यो अवधिमा देशभर दुई लाख ४८ हजार ७२० भन्दा बढी निको भएक र दुई जनाको मृत्यु भएको केसीएनएले स्वास्थ्य अधिकारीलाई उद्धृत गरी लेखेको छ।

राष्ट्रव्यापी महामारी विरोधी अभियान सुरु भएदेखि देशका बासिन्दाहरूलाई दैनिक आवश्यकता प्रदान गर्न लगभग ३० हजार अतिरिक्त सेवाकर्मी परिचालन गरिएको र झन्डै आठ हजार सेवा प्रदायक टोलीहरू स्थापना गरिएका अभियानले बताएको छ। उक्त रिपोर्टअनुसार ज्वरोको प्रकोपबारे सही अनुमान लगाउन र शहर तथा काउन्टीहरूमा समय समयमा कदम चाल्न राष्ट्रव्यापी प्रणाली पनि स्थापना गरिएका बताइएकोे छ।

राजधानी शहरबाहिरका क्षेत्रहरूमा ज्वरो वा असामान्य लक्षणहरू भएका बिरामीहरूको चतुरताका साथ सामना गर्न प्योङयाङका नागरिकहरूलाई निरन्तर र तत्काल चिकित्सा सेवा प्रदान गर्न र टेलिमेडिसिन प्रणाली मार्फत् स्थानीय अस्पतालहरूलाई प्राविधिक सहायता प्रदान गर्न प्योङयाङका राष्ट्रिय अस्पतालहरू जुटेका छन्।

राष्ट्रिय आकस्मिक महामारी रोकथाम केन्द्रले राष्ट्रव्यापी मापदण्डमा मास्क र सुरक्षात्मक कपडाको उत्पादन बढाउन कदम चालिरहेको छ र महामारी रोकथाम सामग्रीको कुल सङ्ख्याको नपुगेका र अभाव भएका क्षेत्रमा एकीकृत तरिकाले यसको प्रयोग गरिरहेको बताइएको छ। केसीएनएले मे १२ मा जनाए अनुसार मे ८ मा प्योङयाङको राजधानीमा बिरामीहरूको एउटा समूहबाट नमूनाहरू संकलन गरिएको र त्यसमा कोभिडको नयाँ स्वरूप ओमिक्रोन देखिएको थियो। -सिन्ह्वा रासस

चर्चामा

सम्बन्धित समाचार