• होमपेज
  • विचार/ब्लग
  • आखिर जनतालाई लौरो किन चाहियो?

आखिर जनतालाई लौरो किन चाहियो?

  • शुक्रबार, जेष्ठ ६, २०७९
आखिर जनतालाई लौरो किन चाहियो?

सुरेशकुमार पान्डे — अहिले काठमाण्डौ महानगरपालिकाको मत गिन्ति हुंदैछ अहिले सम्मको गिन्तिमा बालेन शाहा धेरै अगाडीछन उनि कुनै पार्टीका प्रतिनिधि होइनन् तर अरू पार्टीलाई पन्छाउँदै अगाडी बढ्दा कतिपय मानिसले उनलाई अरविन्द केजरीवालको संज्ञा दिएकाछन।अरबिन्द केजरिवालले पनि भारतको राजधानी दिल्लिमा कांग्रेस र विजेपी लगायतका पार्टीहरूको चुनौतीलाई स्विकार गरेर राजनीतिमा कुंदेका हुंन उनि त्यो भन्दा पहिले समाज सेवि अन्ना हजारेको अनसन र बिरोध प्रदर्शनमा सामिल भयका एकजना सामाजिक ब्याक्ति थिए।अरबिन्द केजरिवाललाई पार्टीहरूले हिम्मत छ भने चुनाव लडेर देखा भनेर त्यो वेला राजनीतिमा घसिटेका हुँन।त्यो उनिहरूको चेलेंज उनैलाई धेरै भारि पय्रो त्यसपछिका बिधान सभाका चुनावमा उन्ले सबैको जमानत जफत गराउँन सफल भयका थिए अहिले उन्ले पञ्जाबमा पनि आफ्नो सरकार बनाएकाछन र गवा समेतमा दुइवटा सिट हातपारेकाछन उन्ले राजिस्तान सम्म आफ्नो राजनीतिलाई फैलाउँन सफल भयकाछन।यति वेला उन्को ब्यबहारले भारतभरीका जनतामा सोंच्न बाध्य गराएकोछ।
उनि कसैको दवावमा आएनन् प्रलोवनमा परेनन् र निरन्तर शंघर्ष गर्दैछन त्यो सफलता शंघर्षको परिणामनै हो।
अहिले बालेन शाहालाई काठमाण्डौका जनताले खास गरेर युवा बर्गले उन्लाई अगाडी सारेकाछन र उन्को होसला बढाएका पनिछन।हार जित जे भयपनि त्यो आफ्नो ठाउँमाछ तर बालेनलाई जनताले चाहानुमा उन्को केही त होनर अबस्यपनि होला।
तर पनि मुख्य कुरा देशका जनताले निकास चाहेकाछन देशको बिकास चाहेकाछन त्यो राजनीतिक शक्तिहरू द्वौरा पुराहुन नसक्दानै यस्तो अबस्था राजधानीमा सिर्जना भयकोछ।
अहिलेको मतदानले के बुझाएकोछ भने देशमा जति हल्ला गरेपनि जनताले देशभित्र राजतन्त्र चाहांदैन र राजनीति पार्टीहरू समेतलाई पटक पटक अजमाई सकेका नागरिकले ति पार्टीहरू बाट निरास छन र कुनै यस्तो सक्सको खोजिमाछन भन्ने कुरा देखाएकोछ।त्यसैको परिणाम”लौरो” काठमाण्डौका जनताको रोजाईमाछ।
अहिले देशमा हाउ गुजि देखाएर आफ्नो स्वार्थ पुरागर्ने थुप्रै राजनीतिक पार्टीहरूको ब्यबहारले जनता निरास भयको कुरा छर्लङ्गैछ।कतिपय ठाउँमा स्वतन्त्र उमिदवारहरूमा जनताले देखाएको आस्थाले यही बताएको आभाष हुन्छ।अहिले कुन राजनीतिक पार्टी सही कुन गलत भन्नुभन्दापनि सबै एउटै ढ्यांका मूला जस्तो जनताले महेसुस् गरेकाछन।
तर सबै ब्याक्ति केजरीवाल हुन सक्दैनन् सबैका आ आफ्नै नैतिक सिधान्त ब्यबहार र आचरण हुनसक्छन।कतिपय स्वतन्त्र उठेका कण्डिडेट कुनैन कुनैपार्टी भित्र बिलय भयको पनि इतिहाश थुप्रै भेट्टिन्छ।बालेन शाहाले पनि मजदुर किसान पार्टीबाट प्रभावित भयको कतै बताएको पनि समाचारमा सुन्निन्थ्यो।मजदुर किसानपार्टी एउटा राजनीतिक पार्टीनैहो तरपनि उनिहरूले वेला वेलामा गरेको कतिपय राम्रो काम पनिछन।कम्युनिष्ट पार्टी सँग निश्चित रूपमा आफ्नो बिधान र अन्तरराष्ट्रिय बिचार र बलियो अनुसाशन पनि हुन्छ।बालेन शाहालाई जनताले जसरी साथ दिएकाछन युवाहरूले आस्था देखाएकाछन त्यो भरोसामा कत्तिको उनि खरो उत्रिन्छन त्यो आउँने दिनहरूमा पुष्टी हुंदै जान्छ।
हाम्रो देशका जनताहरूले बिद्रोही स्वाभावका ब्याक्तिहरूलाई बढी साथ दिएका हुन्छन यस बारे लामू इतिहाश पनिछ।वि.स२००८साल तिर कुँवर इन्दरजित सिहँलाई पनि जनताको राम्रो सपोट थियो उन्ले दिल्लि सम्झौताको बिरोध गरेका थिए पछि उनि देश छाडेर चिन पुगे त्यंहा बाट बोलाएर प्रधान मन्त्रि सम्म भए पछि राजाले अशक्षेम घोषित गराएका थिए।
देशमा अतिरञ्जित नारा लगाउँने हरूलाई देशका जनताको ब्यपक समर्थन हुंदै आयो।बिगतका दिनहरूमा पनि ब्यक्तिगत रूपमा धेरैले जनताको समर्थन पाए तर उनिहरू राजनीतिक पार्टीलाई समर्थन गर्दा बित्तिकै जनताले समर्थन फिर्तालिए यही देशको अहिलेको पनि सच्चाईहो।
देशमा बिकास गर्नको लागी होनर मात्र भयरपनि पुग्दैन साधन श्रोतपनि चाहिन्छ।दिल्लिमा केजरिवालले त्यो साधन श्रोतको पत्ता लगाएका थिए अध्यायन गरेकाथिए दिल्लिमा बिधुत अनि रोडवेज र थुप्रै कम्पनिहरू बाट दिल्लिको बिकासलाई सुनिश्चित गर्न र आर्थिक बचेटमा इजाफा गर्न सफलभय।यद्मापी दिल्लिलाई पुर्ण राज्यको दर्जा दिएकाछैनन् त्यो दिएको भय थुप्रै भ्रष्टचारी जेलभित्र हुनेथिए।दिल्लिको अबस्था र काठमाण्डौको अबस्था अलि फरकछ अनि त्यसलाई बालेन शाहाले जित हाशिल गरेपछि कसरी मैन्टेन गर्नेछन उन्को बिकासको श्रोत केहो त्यो हेर्नको लागि समय लाग्छ उनिसँग कस्तो राजनीति बिजनछ त्यो अहिले चुनावको नतिजाले होइन उन्को कार्यकालले पुष्टी गर्नेछ।
केजरिवालको पहिलो चुनावमा उनि अलपमतमा थिए त्यहपछिका चुनावमा दिल्लिको ७०सिटमा ६७सिट हातपारेका थिए र बिगतको निर्वाचनमा पनि उन्ले दुइ तिहाई भन्दा बढी सिट जितेकाछन केन्द्रमा विजेपीको बहुमतको सरकार हुंदापनि केजरीवालले तेस्रो कार्यकाल सुरू गरेकाछन।हामीले कुनै ब्याक्तिको नकेल गर्नु भन्दा आ आफ्नो होनर र विवेक प्रयोग गरेर देशमा बिकास गरौं र देशलाई आत्मनिर्भर गराउँ यही समयको मागहो।देशभित्रको अहिलेको निर्वाचनले प्रतिगामी तत्वलाई सिधै खारेज गरेकोछ र देशलाई गणतान्त्रिक तरिकाले नयाँ निकासको लागी जनता तैयारछ भन्नेकुरा यो निर्वाचनले पुष्टी गरेकोछ।
कयौं ठाउँमा स्वतन्त्र उमिदवारहरूलाई जनताले अगाडी सारेकाछन उनिहरू राजनीतिक पार्टी बाट दुखी भएर पनि विक्लपको खोजिमाछन भन्ने कुराको संकेतहो।अहिलेको निर्वाचनमा कतिपय ठाउँमा दलितहरू पनि विजय भयकाछन तर के केही दलितले जितेर समाजमा दलितहरूको समस्य हल हुन सक्छ?निश्चित रूपमा यही ब्यबस्था भित्र केही दलितले जिताएर समस्य हल हुनसक्दैन तर पनि शंघर्षको लागी आधार बन्दैजान्छ।केही दलित महिंलाहरूले जितेर समाजिक परिवर्तन गर्न गारोछ।समाजको परिवर्तन मात्र खुद समाज सचेत र सामाजिक क्रान्ति बाट मात्र सम्भव हुनसक्छ।अहिलेको यो निर्वाचनले बर्तमान ब्यबस्थालाई चुनौती दिएको भान हुन्छ।यो काठमाण्डुको मात्र समस्य होइन पानीले आफ्नो बाटो आफै बनाउँछ भनेको जस्तै जनसागरले पनि निकास आफै बनाउँनैपर्छ।तर केवल एकजना ब्याक्तिले चाहेर मात्र केही हुनसक्दैन तर नेतृत्व सम्माल्ने क्षामता र निडर निस्वार्थ स्वभाव भएका ब्याक्तिहरूले बिस्तारै आफु जस्तै शक्षम देशभक्त र समाज प्रेमिहरूको संगालो गरेर दिल्लिका केजरीवालले जस्तै पार्टीको निर्माण गर्नै पर्ने हुन्छ।उन्ले दिल्लिमा एउटा कुचोले भ्रष्टचारीहरूलाई बढारेकैछन भने काडमाण्डौमा लौरोले तह नलगाउला भन्न त सकिदैन तर पनि त्यसको लागी मात्र एउटा धकधकीले पुग्दैन कयौं यस्तै ब्याक्तिको झुण्ड र राजनीति विजन चाहिन्छ।पानी भित्र बसेर मगरमच्छ सँग लड्नु भनेको मगरमच्छको भन्दा बढी शक्तिको खाँचो हुन्छ।केजरीवाल मात्र केजरिवाल होइनन् उनिसँग सिसौदिया जस्ता कयौं क्रमठ सहयोगिहरू पनि छन।

चर्चामा

सम्बन्धित समाचार