मङ्लबार, जेष्ठ ८, २०८१

कविता

  • बिहिबार, जेष्ठ ५, २०७९
कविता

दिएको प्रतिबद्धता ।

म चुनाव मा बिजयी भै सके भनी ढुक्क नपर्नु
जन्ता को अभिमत को कदर गर्नु ।

जहाँ अभावै अभाव छ त्यहाँ पुग्ने गर्नु
आमा को अमुल्य आशिर्वाद लाई शिरभर गरि अघि सर्नु ।

सत्य आमाको दूध पिएको छोरो ले
झुट र बैमान नगर्ला
जन्ता लाई दिएको प्रतिबद्धता प्रती ओझेल मा पार्ने काम नगर्ला ।

यो चुनाव मा तिमी के के बोलेका छौँ
एक एक हिसाब जन्ता कहाँ छ्न ।

साक्षी खोज्न कुनै बैज्ञानिक मेथर्ड को लागि टाढा जान पर्दैन ,
जन्ता का कान मा भरिएको कुरो झुटो हुने गर्दैन ।

लामा लामा गफहरु जन्ता ले धेरै सुनी सके
जान्ने सुन्ने भए देखि कैहौँ भोगे ।

जन्ता लाई कुरो भन्दा काम गरि देखाउने ब्यवहार खोजेका छ्न ।
केहि हुन्छ कि भनेर नयाँ नयाँ अनुहार रोजेका छ्न ।

तिमी पनि त्यस्तै पुरानै शैली मा हिडैयों भने
जन्ता को माग प्रती गम्भीर बनेनौ भने ।

जन्ता को आस्था मा चोट लाग्ने छ
यो युग सम्म आउँदा वीर हरु ले दिएको समर्पण लाई ,समेत अपमान हुने छ ।
लेखक :- जुँगराज राँहु मगर

चर्चामा

सम्बन्धित समाचार