• होमपेज
  • कला /साहित्य
  • हाम्रो विजय कहिले हुन्छ?

हाम्रो विजय कहिले हुन्छ?

  • बिहिबार, जेष्ठ ५, २०७९
हाम्रो विजय कहिले हुन्छ?

सुरेशकुमार पान्डे — अहिले विजय भयका टिमहरूले जुलुस पर्दर्शन अबिर जात्रा गराएर खुसी मनाएको देख्दा यस्तो लाग्छ उनिहरू ठुलो युद्धमा विजय भयकाछन।यद्मापी उनिहरूको यो जीत जनताले उनिहरूलाई पांच बर्षकोलागी देशको रक्षाको लागी जनताको पक्षमा काम गर्ने जिम्मा दिएको मात्रैहो।
विगतको कतिपय ठाउँमा यिनै जनताले काम नगर्ने र भ्रष्टचारीहरूलाई कार्वाही गर्ने गरेकाछन।जुन जनताले आज फूलका माला पहिराएर अबिर लगाएकाछन यिनै जनताले भोलीका दिनमा जुताका माला र कालो मोसो पनि लगाउलन सक्छन।त्यो दिन न आवस र आ आफ्ना कार्यकाल वेदाग रहेर सम्मानजनक बिताउँन पर्छ जनप्रतिनिधिहरूले त्यही कामना गरौँ।हामि जुनसुकै पार्टीका भयपनि पहिले हामी यो देशका नागरिकहौँ यही मात्रभूमीका कर्णधारहौँ।
जनताले दिएको अमूल्य मतको सम्मान गरेर जनपक्षिय काम गर्ने देशको रक्षा गर्ने राष्ट्रीयता गण तन्त्रको रक्षा गर्नुको साथै जनजिविकाको लागी नयां नया खोज गरेर देशका यि होनहार युवाहरूलाई देशभित्र रोजगारको ब्यबस्था गर्ने योजना हुंनुपर्छ।
हाम्रो जीत त्यो वेला हुनेछ जुन वेला देशभित्र सबैलाई रोजगारको ग्यारन्टी गरिन्छ जस्को जोत उस्को पोत सुनिश्चित गरिन्छ।जातिय आधारमा गरिने तमाम बिभेदको अनत्य गरिनेछ सबैले काम गर्ने र सबैलाई कामको उचित परिणामको ब्यबस्था हुंनेछ त्यो वेला हामिले खुसि मानाउँनेछौं।देश आत्मनिर्भर भयो भने अन्तरराष्ट्रिय स्तरमै हाम्रो सम्मान हुंनेछ।
अहिले देशमा आर्थिक सङ्कटको तरवार झुण्डिएको अबस्थाछ,साम्राज्यवादी शक्तिले बिस्तारै देशको सार्वभौमिकतामाथि गरेको अतिकर्मण जिवितनैछ।अमरिकी साम्राज्यवादले आर्थिक सहयोगको नाउमा देशभित्रिने योजना अनुसार एमसीसी भित्राउँन सफल भयको अबस्थाछ।
देश आधा सामन्ति र आधा उपनेबेसिक अवस्था भित्र उकुस मुकुसछ।देशलाई संघियताको भमोरिमा पारेर सात टुक्रामा बिभाजित पारेपछि देशको आर्थिक अबस्था झनै दयानियछ।देश युवा बिहिनछन यो देशका होनहार युवाहरू खाडी मुलुकहरूमा अमानविय जिवन बिताउँदैछन दिनौँ रातो बाकसमा फर्किन्छन।आर्काको देशमा श्रमशक्ति वेच्न बाध्य बनाईएकोछ।
आज हाम्रो देशमा कुनै गम्भिर बिमारीको उपचार सम्भव छैन,त्यसमा उत्पादित् र देशले निर्यात गर्न सक्ने कुनैपनि बस्तुछैन एक आद भयपनि नगन्य अबस्थामाछ देश परनिर्भरछ देशले मजदुर निर्यात गर्दै रेमिटेन्सिमा सरकारमा बसेकाहरू उड्ने र गुड्ने गर्दछन।मोज मस्ति गरेकाछन अनि देशभित्र दिनौ दिन महंगीले आकास छोएकोछ।
यही निर्वाचनको वेलामा कयौंको ज्यान गयो उनिहरूको घरमा रूवाबासछ।त्यंहा पुगेर सान्तवाना दिनुको साटो उनिहरूको आंसु र चिहानमाथी विजय जुलुस र अविर जात्राले के संदेश जान्छ?एउटा भाईको हारमा आर्को भाईले खुसी होइन बरू हारेको भाईलाई सम्मानको साथ गला लगाएर देशको बिकासमा सरिक गराउँन प्रयात्न गरौं।
यहां खुसी मनाउँनै पर्ने भोज ख्वाउँनै पर्ने कुनैपनि कारणछैनन्।देशमा लगातार पेट्रोलियम पदार्थमा भयको बृद्धीले गरिव किसानमाथी सोझै बोझ परेकोछ सरकारले रातारात १७०लिटर पेट्रोल गरायो,१४०डिजल र चार सए रूपियाको एक लिटर खाने तेल भयकोछ।
देशमा तोरी र सर्सिउँको उत्पादन नहुंदा यो अबस्था सिर्जित भयकोहो।हाम्रो देशमा अन्नको उत्पादन हुंने तराई जसलाई अन्नको भण्डार भन्निन्छ त्यो भूमाफियाहरूको जकड्मा फसेकोछ जमिनलाई प्लाटिंगमा परिणित गरेर दलालहरूले पुंजि कमाएकाछन।अहिले तराईमा कृषियोग्य जमिन किन्न सक्किदैन यसरी देशको अबस्था चिन्ताजनकछ।
अहिले कहि प्रतिनिधिले जिते भन्दैमा पुरै अविर जात्रा गरेर कसलाई तमासा देखाएकोहो?के हामिहरूको यो अन्तिम विजयहो यो निर्वाचनले हाम्रा सबै समस्य समाधान हुन्छन?एउटा क्रान्तिकारीले चुनावलाई क्रान्तिको आधार तैयार पार्नको लागी मात्र चुनावलाई उपयोग गर्नेगर्छ।हामिले यदी बर्गशंघर्षमा आस्था राख्छौँ भने जुन बर्गलाई हामिले जानि नजानि हरायौं त्यो कुन बर्गहो निश्चित रूपमा त्यो बर्ग पनि हाम्रै शन्तानहो।त्यसकारण जनताले दिएको मतलाई आत्मसात गर्दै जनता सँग नङ्ग र मासुको सम्बन्ध बनाउँ ताकी आगामि दिनहरूमा उनिहरू अहिलेको भन्दै कयौं गुणा मत प्राप्त गर्न सकियोस।आफुलाई मत मात्र होइन देशको लागी र क्रान्तिको लागी योगदान दिन सकुन कांधमा कांध मिलाएर तर सबै खाले भ्रमजाललाई च्यातेर प्रत्येक श्रमजिवीहरू देशको आमुल परिवर्तन तर्फ लाग्नुपर्छ जव शोशित उत्पिडित बर्गले न्यायँ पाउँछ र श्रमजीवीहरूको देशमा अधिनायकत्व ल नेतृत्व हुन्छ त्यो वेला हामीले पनि खुसी मनाउँनेछौँ र जनजनमा खुसि मनाउलन आवहान घर्नेछौं।
अहिलेको यो नीर्वाचनले जनताको आधारभुत समस्यपनि समाधान हुँन सक्नेछैन मात्र एउटा ओपचारिकता पुरागर्न हुँने यो बुजुर्वा निर्विचन श्रमजीवी बर्गको लागी कागलाई वेल पाक्यो न हर्ष न बिस्मितानै हो।अहिले यो तामझाम र अबिरजित्राले क्रान्तिकारी बर्गमा केवल भ्रम सिर्जना गर्ने बाहेक अरू केही उपलब्दी हासिल हुनेछैन।हामि श्रमजिविहरूको खुसीको लागी आमूल परिवर्तन गर्नै पर्छ त्यो वेला हामीले अविर लगाएर बाजा भजाएर विस्वका प्रतिकृयावादीहरूलाई थर्काउँनेछौँ र आफ्नो देशलाई विस्वको माझमा नमुना बनाएर देखाउँनेछौँ।

चर्चामा

सम्बन्धित समाचार