शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राजनीति
  • बडीमालिका नगरपालिकामा कांग्रेस पराजयको दोष कसलाई : मेयर बडुवाल

बडीमालिका नगरपालिकामा कांग्रेस पराजयको दोष कसलाई : मेयर बडुवाल

  • बुधबार, जेष्ठ ४, २०७९
बडीमालिका नगरपालिकामा कांग्रेस पराजयको दोष कसलाई : मेयर बडुवाल

बडीमालिका नगरपालिकाका ९ वडा , प्रमुख र उप प्रमुखको निर्वाचनमा २ वटा वडामा विजय हुंदा अनेक प्रश्न उब्जाएको छ । पहिलो निर्वाचनमा नगर प्रमुख, उप प्रमुख र ४ वटा वडामा जित हात पारिएकोमा किन यसपाली २ वडामा सिमित हुन पुग्यो? यसका धेरै कारणमध्येका केही प्रतिनिधी कारण यस प्रकार हुनसक्छन ।
1. शुन्यतामा स्थानीय सरकारको जग बसाउने भरिलो पार्टी भएकोले पहिलो निर्वाचनमा कांग्रेसलाई जिम्मेवारी सुम्पिए ।
2. प्राप्त जिम्मेवारी अनुसार निर्वाचित जनप्रतिनिधिले मार्तडी बजारको मुहार फेरे, सडकमा सोलार वत्ती, बजार क्षेत्रमा सिसि क्यामेरा, खुलामन्चको मर्मत, बडीमालिका चक्रपथको सुभारम्भ, बडीमालिका विमानस्थलको सम्भाव्यता अध्ययन, बडीमालिका बुढाकोर्ध केवलकारको पूर्व सम्भाव्यता अध्ययन, नगरपालिकाको प्रशासनिक भवन निर्माण जस्ता काम गर्नु ।
3. विकासमा दिगोपना ल्याउन सवै विद्यालयमा पूर्वाधार निर्माण, नगर शिक्षकको प्रवन्ध, विध्यालयमा वैकल्पीक शिक्षाका उपकरणको प्रवन्ध गरी गरिवका छोराछोरी पढ्ने विद्यालय सुधार्नु गल्ती भयो ।
4. नगरपालिकामा नगरस्तरिय खेलकुदमा लागि पूर्वाधार निर्माण गर्न ठांउ छनौट गरी निर्माण प्रकृया प्रारम्भ हुनु गल्ती भयो ।
5. किसानको आफ्नै बजार होस भनि नेपाल खाद्य संस्थानसंग हार गुहार गरी मार्तडी बजार नै कोल्ड स्टोर निर्माणको कार्य गर्नु गल्ती भयो ।
6. महिला तथा बालवालिकाको स्वास्थ्यमा सुधार ल्याउन सवै वडामा स्वास्थ्य संस्था निर्माण र सन्चालन, घर भित्रको धुवामुक्त पालिका घोषणाका लागि सुधारिएको चुल्होको प्रवन्ध गर्नु गल्ती भयो ।
7. पांच वर्षे कार्यकालमा १२ जना कार्यालय प्रमुख फेर्दासम्म पनि मुलुकका राम्रो काम गरेका पालिका बराबर कैम गर्नु गल्ती भयो ।
8. मार्तडी बजारमा सडक निर्माण गर्दा कसैले आफ्नो घर अगाडी फुटपाथ समेत नछोड्नेहरू कै अगाडी पक्की सडक निर्माण गर्नु गल्ती भयो ।
9. मार्तडीको बजार ब्यवस्थान र मार्तडीलाई सदावाहार व्यापारिक गन्तव्य बनाउन नेपाल पत्रकार महासंघ शाखाको भवन, पार्टीका कार्यालय मार्तडी मै बनाऔं भन्नु गल्ती भयो ।
10. मार्तडी थामलेक सडक निर्माण गर्दा पाटाको पहिरो देखाई डोलाडारलाई बाह्रविस लिनेका अघी पाटाको पहिरो छिचोल्दै सडक निर्माण गर्नु गल्ती भयो ।
11. दुई तिहाइ बहुमत हुदा हुदै सर्वसहमतीका आधारमा योजना तर्जुमा र निर्णय प्रकृयामा समान सहभागिता कायम गराउनु गल्ती भयो । सामान्य परिवारबाट (यहांहरूको भाषामा गोठालो) राजनितीमा प्रवेश गरेरै गल्ती गरें । राजनीति त ठालु राजा महाराजा मात्रै गर्ने गर्ने रहेछ ।
12. नगरको विकास र नेतृत्वलाई मन पराएर पार्टीको अधिवेशनमा लोकप्रिय मत प्राप्त गर्नु गल्ती भयो । नगरपालिकामा रहंदा वा नरहंदा मैले गरेका सवै कामको जस अपजस म लिन्छु नै । यसपालीको निर्वाचनमा पालिकामा भएको पार्टीको पराजयको अपजसको केही भागेदार अवश्य नै हुला तर तपाईहरूले सामाजिक सन्जालमा प्रकट गर्नु भएको गद्दार भने अवस्य होइन । जहांसम्म मैले कसैसंग पैसा लिएर पार्टी हराएको आरोप छ त्यस्तो अपराध म बाट कहिल्यै हुदैन र हुने छैन पनि । वडामा किन हार्यो भन्ने प्रश्न छ : वडामा अघिल्लो निर्वाचनमा पराजित, सदैव जनताको सेवामा समर्पित नेता हुदा हुदै काठमाडौंवाट पर्यटक उम्मेदवार ल्याइनु, पार्टी भित्र र बाहिरबाट पदम बडुवालको राजनिती सकाउने ग्राइण्ड डिजाइन सफल पार्नु भयो । म आफु सकिंदा केही एक व्यक्ति मात्र सकिउला तर मेरो कारणले पार्टी नसकाउनु होला । उम्मेदवार हुन आकांक्षा राख्नु नै पाप हो भने त मेरो भन्नु केही छैन तर पार्टीको निर्णय विपरित म बाट केही कमजोरी भएको छैन । विना कसुर सामाजिक सन्जालमा तथानाम गाली गर्नु समाधान हो जस्तो लाग्दैन । बसौं छलफल गरौं । समीक्षा गरौं । यदी मेरै कारणले पार्टी पराजित भएको प्रमाणित भए जुनसुकै सजाए भोग्न तयार छु । अन्यथा विना आधार मानहानी हुने गरी गाली गलौज बन्द गरौं । कम्तिमा एक पटक न्यायिक हिसावले मुल्यांकन गरेर निसाफ गरिदिनुहोस् ।

चर्चामा

सम्बन्धित समाचार