शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिका २ मा पुनः एमालेकै महत दोहोरिए

बडिमालिका नगरपालिका २ मा पुनः एमालेकै महत दोहोरिए

  • सोमवार, जेष्ठ २, २०७९
बडिमालिका नगरपालिका २ मा पुनः एमालेकै महत दोहोरिए

बाजुरा — जिल्लाको सदरमुकाम समेत रहेको बडिमालिका नगरपालिका वडा न २ मा पुन एमाले उम्मेदवार डम्मर महत दोहोरिएका छन । २०७४ को स्थानिय तहको निर्बाचनमा झिनो मतले  गोपाल कार्कीलाई हराएका थिए । २०७९ को चुनावमा झिनो मतान्तरले गोपाल कार्की संगै प्रतिस्पर्धा गरी कार्कीलाई हराउदै महतले दोस्रो पटक चुनाव जितेका छन ।

उनले ३१९ मत ल्याएर बिजयी भएका छन भने उनका निकटतम प्रतिदन्दी गोपाल कार्कीले ३१५ मत ल्याएर पराजित भएका छन । वडा न २ मा ८ सय मतददातामा ६ सय मत खसेका छन । २०७४ को स्थानिय तहको निर्बाचनमा पनि वडा अध्यक्ष महतले ७ मतले कार्कीलाई हराएका थिए भने यो चुनावमा ४ मतले हराएका छन । याे स‌गै वडा न २ मा एमालेकाे सिगाे‌ टिम बिजयी भएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार