शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • डाक्टरको घिनलाग्दो हर्कत ! यसरी बने ९४ बच्चाको पिता

डाक्टरको घिनलाग्दो हर्कत ! यसरी बने ९४ बच्चाको पिता

  • आइतवार, जेष्ठ १, २०७९
डाक्टरको घिनलाग्दो हर्कत ! यसरी बने ९४ बच्चाको पिता

डाक्टरलाई मानिसहरु भगवानको रुपमा लिन्छन्, किनकी डाक्टरले मानिसको ज्यान बचाउँछन् । तर कतिपय डाक्टर यस्ता ठग हुुन्छन् र कुकृत्य गर्दछन् कि कल्पना गर्न पनि गाह्रो हुन्छ ।

अमेरिकामा एकजना डाक्टरले धोकापूर्ण तरिकाले धेरैजना महिलाहरुलाई गर्भवती बनाएर ९४ जना बच्चाको पिता बनिसकेका छन् । ती डाक्टरको शुक्रकिटबाट जन्मिएका थप बच्चाहरु समेत हुनसक्ने र सबैको खुलासा हुन सकेमा उनी कम्तिमा एक सय जना बच्चाको बाउ बन्ने सम्भावना रहेको बताइएको छ ।

यो अनौठो घटना अमेरिकाको इण्डियानापोलिसको हो । स्थानीय डाक्टर डोनाल्ड क्लाइनले दम्पत्तिहरुमा गर्भाधारणको उपचार गर्ने अस्पताल खोलेका थिए । तर आफ्नो अस्पतालमा गर्भाधारणको लागि उपचार गर्न आउने महिलाहरुमा उनले आफ्नै शुक्रकिट हालिदिएर गर्भाधारण गराउने गरेको खुलासा भएको छ । उनले महिला तथा दम्पत्तिको सहमति बिनै झुक्याएर यस्तो गर्ने गरेका थिए । उनको शुक्रकिटबाट दर्जनौँ महिलाहरु ग्र्भवती बनेका र अहिलेसम्म ९४ बच्चा जन्मिसकेका बताइएको छ ।

ती डाक्टरको कर्तुत पहिलोपटक ज्याकोबा बेलाइड नामकी युवतीले पर्दाफास गरिदिएकी हुन् । ज्याकोबाकी आमा पनि उनै डाक्टरसँग उपचारका लागि जाने गर्दथिन् । ज्याकोबाको जन्म समेत शुक्रकिट दानबाटै भएको थियो । जब ज्याकोबाले घरमै जब आफ्नो डिएनए परीक्षण गरिन् तब त्यसको नतिजाले सबैलाई अचम्मित बनायो ।

उनी आफ्नो घरमा अन्य सातजना सौतेनी भाईबहिनीहरुसँग बस्दथिन् । ज्याकोबा तथा अन्य सातैजना भाइबहिनीहरु फरक फरक आमाहरुबाट जन्मिएका थिए भने सबैजना दान गरिएको शुक्रकिटबाट गर्भाधारण भएका थिए । तर डिएनए परीक्षणका क्रममा उनीहरु एउटै पिताका सन्तान भएको देखियो । रोचक त के भने ती सबैका आमाहरुले सोही डाक्टरकोमा गएर दान गरिएको शुक्रकिटबाट गर्भाधारण गरेका रहेछन् ।

यस्तो अनौठो घटनापछि ज्याकोबाले एउटा ग्रुप बनाएर उक्त अस्पतालबाट गर्भाधारण गरी जन्मिएका मानिसहरुसँग सम्पर्क राखिन् । त्यसक्रममा उनले आफुजस्तै ९४ जना मानिसहरुको डिएनए मिल्ने तथ्य पत्ता लगाइन् । छानविनका क्रममा डाक्टर डोनाल्डले महिलाहरुलाई दानको शुुक्रकिटको साटो आफै शुक्रकिट प्रयोग गरी गर्भाधारण गराउने गरेको तथ्य पत्ता लागेको हो ।

सन् १९७० र ८० को दशकमा ती डाक्टरले आफ्नो अस्पतालमा आउने महिलाहरुलाई आफ्नै शुक्रकिटले गर्भाधारण गराउने गरेका थिए । उनको कर्तुतको बारेमा एउटा डकुमेन्ट्री फिल्म समेत बनेको छ । आवर फादर नामको उक्त डकुमेन्ट्री नेटफ्लिक्समा प्रशारण भएको छ । एजेन्सी

चर्चामा

सम्बन्धित समाचार