शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • स्वामिकार्तिकमा काँग्रेसका अध्यक्ष उम्मेदवार ४ सय मतले अगाडि उपाअध्यक्षमा एमाले अगाडि

स्वामिकार्तिकमा काँग्रेसका अध्यक्ष उम्मेदवार ४ सय मतले अगाडि उपाअध्यक्षमा एमाले अगाडि

  • आइतवार, जेष्ठ १, २०७९
स्वामिकार्तिकमा काँग्रेसका अध्यक्ष उम्मेदवार ४ सय मतले अगाडि उपाअध्यक्षमा एमाले अगाडि

बाजुरा — स्वामिकार्तिक खापर गाउँपालिकामा नेपाली काँग्रेसका अध्यक्षका उम्मेदवार भरत बहादुर रोकायाले ४ सय ७ मतले अगाडि रहेका छन् । ३ हजार १ सय ४७ मत गणना हुदा रोकायाले १२ सय ९८ मत ल्याएका छन् ।
नेकपा एमालेका चर्तुर्भुज शाहिले ८ सय ९१ मत ल्याएर दोस्रोमा रहेका छन् । नेकपा एकिकृत समाजवादीका उम्मेदवार चिरीञ्जीवि शाहिले ७ सय ६४ मत ल्याएका छन् । वडा नम्बर १ र २ मतगणना भएर सकिएको छ भने वडा नम्बर ३ र ४ को मतगणना भइरहेको छ ।
उपाअध्यक्षमा भने नेकपा एमालेकि उम्मेदवार शुलोचना भण्डारी १७ मतले अगाडि रहेकि छन् । उनले ९ सय ९३ मत ल्याएकि छन् भने काँग्रेसकि मैना जोशीले ९ सय ७६ मत ल्याएकि छन् । त्यस्तै गठबन्दन बाट माओवादीका उम्मेदवार सुरेश बहादुर रोकायाले ७ सय ४९ मत ल्याएका छन् । स्वामिकार्तिक खापर गाउँपालिकामा ५ वटा वडा मात्र रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार