बुधबार, जेष्ठ ४, २०७९
  • होमपेज
  • देश
  • मेस्सीको दुई गोलमा पीएसजीको जित

मेस्सीको दुई गोलमा पीएसजीको जित

  • आइतवार, जेष्ठ १, २०७९
मेस्सीको दुई गोलमा पीएसजीको जित

काठमाडौँ —  स्टार खेलाडी लियोनेल मेस्सीको दुई गोल मद्दतमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान अन्तर्गत शनिबार राति भएको खेलमा मोन्टपेलिएरलाई ४-० अन्तरले पराजित गरेको छ ।

घरेलु टोली मोन्टपेलिएरविरुद्ध मेस्सीले दुई गोल गर्दा केलियम एम्बाप्पे (पेनाल्टी) र एन्जल डि मारियाले एक-एक गोल गरे । मेस्सीको दुबै गोलमा एम्बाप्पेले अन्तिम बल उपलब्ध गराएका थिए ।

यसअघि नै फ्रेन्च लिगको उपाधी जितेको पीएसजीको ३७ खेलबाट ८३ अंक छ । दोस्रो स्थानको मोनाको १५ अंकले पछि पर्दा पराजित मोन्टपेलिएर ४३ अंक जोडेर १३औं स्थानमा छ ।

चर्चामा

सम्बन्धित समाचार