शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश
  • नेपालमा भारतको न्यून चापीय रेखाको प्रभाव, यस्तो रहनेछ मौसम

नेपालमा भारतको न्यून चापीय रेखाको प्रभाव, यस्तो रहनेछ मौसम

  • आइतवार, जेष्ठ १, २०७९
नेपालमा भारतको न्यून चापीय रेखाको प्रभाव, यस्तो रहनेछ मौसम

हाल नेपालमा स्थानीय वायु र भारतको विहार, पश्चिम बङ्गाल आसपास रहेको न्यून चापीय रेखाको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १, मधेस प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । प्रदेश नं १ र मधेस प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको भइरहेको छ।

आइतबार दिउँसो : प्रदेश नं १, बागमती प्रदेशमा , गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै सोमवार प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। मंगलवार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

चर्चामा

सम्बन्धित समाचार