शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बाजुराको बुढीगंगाका निर्वाचन अधिकृतद्धारा राजीनामा

बाजुराको बुढीगंगाका निर्वाचन अधिकृतद्धारा राजीनामा

  • शनिबार, बैशाख ३१, २०७९
बाजुराको बुढीगंगाका निर्वाचन अधिकृतद्धारा राजीनामा

बाजुरा — जिल्लाकाे बुढीगंगा नगरपालिका स्थित निर्वाचन कार्यालय प्रमुखमा खटिएका कृष्ण सापकोटाले निर्वाचनमा तोकिएको जिम्मेवारीबाट निर्वाचन आयोगमा राजिनामा पठाएका छन् । उनि उपसचिव हुन ।
आफु असुरक्षित रहेको भन्दै मतदानको दिन अधिकांश मतदान केन्द्रमा तनाव तथा स्वतन्त्र र निष्पक्ष मतदान प्रभावित भएको भन्दै राजिनामा दिएको बुझिएको छ । राजिनामा स्वीकृत भए नभएको जानकारी हुन सकेको छैन । आफु असुरक्षित हुनुका साथै हुलहुज्जत हुनसक्ने भन्दै उनले राजिनामा दिएको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले बताएका छन ।
पालिकाका विभिन्न केन्द्रमा स्वतन्त्र तथा निष्पक्ष मतदान हुन नसकेको भन्दै शुक्रवार कांग्रेस कार्यकर्ताले निर्वाचन अधिकृत साप्कोटालाई नियन्त्रणमा राखेका थिए । मतदान कै दिनदेखि आफु असुरक्षित रहेको भन्दै शनिबार दिउसो कार्यालय छाडेर सदरमुकाम मार्तडी आउँदै गर्दा उनलाई एमाले कार्यकर्ताले बार्जुगाढबाट नियन्त्रणमा लिएर पालिकास्थित निर्वाचन कार्यालयमा फर्काएका छन्  र मतपेटिका बुझ्न लगाएका छन् । यतिबेला उनको थप सुरक्षा ब्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत घिमिरेले बताएका छन ।
बुढीगंगा नगरपालिका अन्तर्गतका विभिन्न मतदान केन्द्रमा शुक्रबार मतदानका क्रममा झडप, उम्मेदवार घाइते, बुथ कब्जा, उम्मेदवार मतदान केन्द्रबाट लखेटिएका, सुरक्षाकर्मीले मतेपटिका छाडेर मतदान केन्द्रबाट भागेका लगायतका घटना भएका थिए ।
उपसचिव सापकोटा मतदानकै दिनदेखि दोहोरो दवावमा रहेका र शनिबार दिउँसोसम्म दश वटा वडा रहेको बुढीगंगाका कुनै पनि मतदान केन्द्रको मतपेटिका निर्वाचन कार्यालयले बुझ्न नमानेको थिएन । एमालेले मत पेटिका बुझेर मतगणना गर्न दवाप दिइरहेकाे छ भने कांग्रेसले केही मतदान केन्द्रमा एकलौटी भएको आरोप लगाउँदै  फेरी मतदानको माग गरिरहेको देखिन्छ ।  बुढीगंगाका २,३,५ र ९ मा एमालेले बुथ कब्जा गरेको कांग्रेसको आरोप छ भने ४ र ७ नम्बरमा कांग्रेसले बुथ कब्जा गरेको एमालेको दावी छ ।
बुढीगंगाका ६ वटा मतदान केन्द्रमा वडाध्यक्षका उम्मेदवारहरु मतदान केन्द्रबाटै लखेटिएका र मतदान गर्न नपाएका सर्वसाधारणले बताएका छन् । जिल्ला निर्वाचन ब्यवस्थापन समितिले सर्वदलीय बैठक बसिरहेको भएपनि सहमति हुन सकिरहेको छैन । बुढीगंगाका अधिकांश मतदानकेन्द्रहरु शुक्रबार तनावग्रस्त भएका थिए । त्यसक्रममा एमाले र कांग्रेसको आ-आफ्नो वर्चस्व रहेको केन्द्रमा एकलौटी मतदान गरेका स्थानीयको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार