बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • समाचार
  • चैन्पुर खानेपानीमा लुट:एउटा धाराको महसुल ५ हजार बढी

चैन्पुर खानेपानीमा लुट:एउटा धाराको महसुल ५ हजार बढी

  • शनिबार, बैशाख ३१, २०७९
चैन्पुर खानेपानीमा लुट:एउटा धाराको महसुल ५ हजार बढी

अर्थ जङ शाही/ बझाङ — जलस्रोतको विश्वमै दोस्रो धनी देश नेपालमा एक महिनामा धाराको पानी प्रयोग गरेको बिल ५ हजार बढी आयो भन्दा पत्याउन गाह्रो छ । चैन्पुर साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाको नयाँ धाराको महसुल अत्यधिक महँगो भएपछि उपभोक्ताहरू मारमा परेका छन् । धारा सञ्चालनमा आएपछि पहिलो महिनाको धाराको महसुल नै ५ हजार भन्दा बढी सम्म आउन थालेपछि चैन्पुरका उपभोक्ताहरू आश्चर्यमा परेका छन् ।

जयपृथ्वी नगरपालिका १० रमेश बहादुर बिष्टको खानेपानीको महसुल ५ आएको छ । त्यसै गरी जयपुथ्वी नगरपालिका १० कै पार्वती सिंहको सञ्चालन गर्दै आएको धाराको महसुल पनि ५ हजार आएको छ । सिंहले महसुलको बिल देखेपछि आश्चर्यमा परेको बताइन् । ‘मोटर चल्दा सबै मोटरबाटै काम चलाउँछौँ तर कहिलेकाहीँ मोटर नचल्दा पिउने र भाँडा धुने बाहेक पानी प्रयोग गरेका छैनौँ तर पनि यत्रो बिल आयो ।’ त्यस्तै अन्य धेरै व्यक्तिहरूको धाराको महसुल अत्यन्तै चर्को आएको छ ।

एउटा सामान्य परिवारलाई पुरै घरपरिवारको घर खर्च धान्ने रकम बराबरको पानीकै महसुल आएपछि उपभोक्ताहरू मारमा परेका छन् । अधिकांश उपभोक्ताहरू चर्को महसुल आएपछि समस्यामा परेका छन् । साथै कसै-कसैको घरमा मिटर पनि बिक्रेको उपभोक्ता बताउँछन्।

चर्चामा

सम्बन्धित समाचार