बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश ६
  • हुम्लामा प्रहरीमाथि ढुंगामुढा भएपछि ७ राउण्ड गोली चल्यो, मतदान अधिकृतसहित २ जना घाइते

हुम्लामा प्रहरीमाथि ढुंगामुढा भएपछि ७ राउण्ड गोली चल्यो, मतदान अधिकृतसहित २ जना घाइते

  • शुक्रबार, बैशाख ३०, २०७९
हुम्लामा प्रहरीमाथि ढुंगामुढा भएपछि ७ राउण्ड गोली चल्यो, मतदान अधिकृतसहित २ जना घाइते

हुम्लामा मतदानका क्रममा झडप भएको छ । एक समूहले प्रहरीमाथि नै ढुंगामुढा गरेपछि प्रहरीले ७ राउण्ड गोली चलाएको छ । स्थानीयको ढुंगामुढाबाट मतदान अधिकृतसहित २ जना घाइते भएका छन् । माथिल्लो हुम्लाको चंखेली गाउँपालिका २ स्थित महादेव मावि मतदान केन्द्रमा सो तनाव भएको हो ।

ढुंगामुढाबाट मतदान अधिकृत कृष्ण प्रसाद आचार्य र कार्यालय सहयोगी घाइते भएको कर्णाली प्रदेश कार्यालयका एसएसपी राजेश नाथ बास्तोलाले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार