बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बुढीगंगा
  • बाजुरा जिल्लाका ३ ओटा मतदान केन्द्रमा हावाई फाएर

बाजुरा जिल्लाका ३ ओटा मतदान केन्द्रमा हावाई फाएर

  • शुक्रबार, बैशाख ३०, २०७९
बाजुरा जिल्लाका ३ ओटा मतदान केन्द्रमा हावाई फाएर

बाजुरा — बाजुरा जिल्लाका ३ ओटा मतदान स्थलहरुमा हावाई फाएर भएकाे छ । जिल्लाको बुढिगंगा नगरपालिका वडा न ९  मा २ राउण्ड सोही नगरपालिकाको वडा न १० सिगाडामा माबिमा रहेको मतदान केन्द्रमा १ राउण्ड फाएर भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी गिन्द्र बोगटीले जानकारी दिएका छन । त्यसै गरी बुढिनन्दा नगरपालिका वडा न ९ अगाउपानीमा रहेको हिमाली आधारभुत बिद्यालयमा पनी हावाई फायर भएको प्रहरी निरीक्षक बागटीले जानकारी दिएका छन ।

हिमाली आधारभुत बिद्यालय नजिकै एक हप्ता अगाडी पनि नेपाली काग्रेस र नेकपा एकीकृत समाजबादी पार्टीका कार्यक्रता बिच झटप हुदा प्रहरीले २३ राउण्ड हावाई फाईर र ३ राउण्ड अश्रु ग्यास फाईर गरेको थियो ।

बुढीनन्दा नगरपालिकास्थित मतदान केन्द्रमा तनाव भएपछि हवाई फायर भएको छ । दुई पक्षबीच सामान्य विवादमा ढुंगा हानाहान भएपछि स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरिएको  प्रहरीले जनाएकाे छ। थप विवरण आउन बाँकी छ ।

चर्चामा

सम्बन्धित समाचार