शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • उम्मेदवारको मृत्युपछि यी स्थानीय तहको निर्वाचन सर्‍यो [सूची सहित]

उम्मेदवारको मृत्युपछि यी स्थानीय तहको निर्वाचन सर्‍यो [सूची सहित]

  • बिहिबार, बैशाख २९, २०७९
उम्मेदवारको मृत्युपछि यी स्थानीय तहको निर्वाचन सर्‍यो [सूची सहित]

काठमाडौँ — विभिन्न स्थानीय तहमा उम्मेदवारहरुको मृत्यु भएपछि निर्वाचन आयोगले ती ठाउँको निर्वाचन कार्यक्रममा संशोधन गरेको छ । केहीमा भने नयाँ निर्वाचन कार्यक्रम नै तय गरिएको छ ।

कपिलवस्तुको महाराजगंग नगरपालिकाको निर्वाचन जेठ ३ मा गर्ने भएको छ । नगरपालिकाको कांग्रेसको तर्फबाट उपमेयरको उम्मेदवार शुभावती कर्मीको मंगलबार मृत्यु भएपछि नयाँ निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।

त्यस्तै दाङको तुलसीपुर नगरपालिकाको वडा नम्बर १७ को निर्वाचन पन जेठ ३ लाई तय गरिएको छ । एमालेकोतर्फबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका लभरु चौधरीको मंगलबार मृत्यु भएपछि आयोगले नयाँ निर्वाचन कार्यक्रम तय गरेको हो । वैशाख २७ अघि मृत्यु भएको पालिकाको निर्वाचन भने शुक्रबार नै हुने गरी निर्वाचन कार्यक्रम संशोधन गरिसकेको छ ।

कपिलवस्तुकै कपिलवस्तु नगरपालिका वडा नम्बर १० मा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका वडा सदस्य राजेन्द्र चौधरी थारु वैशाख २३ मृत्यु भएको थियो । आयोगका अनुसार सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर ६ को कांग्रेसको तर्फबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी मडुवादेवी चमारको वैशाख १४ मा मृत्यु भएको थियो ।

त्यस्तै रौतहट वृन्दावन नगरपालिका वडा नम्बर ५ मा जनता समाजवादी पार्टीबाट महिला सदस्यमा उम्मेदवारी दिएकी मिना देवीको पनि वैशाख १६ मा मृत्यु भएकी थिइन । आयोगले संशोधिन निर्वाचन कार्यक्रम अनुसार शुक्रबार निर्वाचन गराउन लागेको हो ।

यस्तै मोरङको केरावारी गाउपालिका २ मा कांग्रेसका वडा सदस्य उम्मेदवार नवीन लिम्बूको वैशाख १६ मा मृत्यु भएको थियो । यहाँ पनि निर्वाचन कार्यक्रम संशोधन गरिएको छ । कपिलवस्तुकोबुद्धभूमि नगरपालिका नम्बर ८ मा एमालेका तर्फबाट वडा अध्यक्ष उम्मेदवार ओमप्रकाश तिवारीको पनि वैशाख १६ मृत्यु भएको थियो ।

रुपन्देहीको मर्चवारी गाउँपालिकामा एमालेको तर्फबाट उम्मेदवारी दिएका वडा नम्बर ३ की दलित महिला सदस्य कसुमी पासिनको मृत्यु भएको थियो । सिराहा नगरपलिकामा एमालेको तर्फबाट वडा नम्बर ५ मा वडा सदस्य दिएकी मुना सेखको पनि वैशाख २३ मा मृत्यु भएपछि निर्वाचन कार्यक्रम संशोधन गरेर मतदान शुक्रबार हुने भएको हो ।

चर्चामा

सम्बन्धित समाचार