शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • धनगढीका लागि उडेको श्रीको जहाज इन्जिनमा समस्या देखिएपछि काठमाडौंमै आकस्मिक अवतरण

धनगढीका लागि उडेको श्रीको जहाज इन्जिनमा समस्या देखिएपछि काठमाडौंमै आकस्मिक अवतरण

  • बुधबार, बैशाख २८, २०७९
धनगढीका लागि उडेको श्रीको जहाज इन्जिनमा समस्या देखिएपछि काठमाडौंमै आकस्मिक अवतरण
फाइल तस्बिर

काठमाडौँ — इन्जिनमा समस्या देखिएपछि काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज काठमाडौंमै आकस्मिक अवतरण गराइएको छ । विमानको ‘बायाँ इन्जिन’मा समस्या आएपछि काठमाडौंबाट २५ नटिकल माइल उडिसकेको श्रीको जहाज काठमाडौं फर्काएर आकस्मिक अवतरण गराइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जनाएका छन् ।

सिटौलाका अनुसार १२ बजेर ८ मिनेटमा काठमाडौंमा उक्त विमानलाई अवतरण गराइएको हो । एउटा इन्जिनमा समस्या आएपछि एउटा इन्जिनका भरमा मात्रै उक्त विमानलाई काठमाडौं फर्काइएको हो । विमानमा ८० जना यात्रु रहेको सबै सकुशल रहेको पनि एयरलाइन्सले जानकारी दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार