शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • गठबन्धनमा इमानदारीताको सवाल!

गठबन्धनमा इमानदारीताको सवाल!

  • सोमवार, बैशाख २६, २०७९
गठबन्धनमा इमानदारीताको सवाल!

सुरेशकुमार पान्डे —गठबन्धन गर्नु रहर होइन एउटा आइ परेको संकटको समाधानका लागि नगरिनहुंने बाध्यताहो।तर इतिहासलाई फर्केर हेर्दा गठबन्धन गर्ने ठुलो पार्टीले स्यानो पार्टीको अस्तित्वनै सखाफ पार्ने खालको खेल खेल्ने गरेको पाइन्छ।
राजमोले गरेको बिगतमा एमाले सँगको चुनावी गठबन्धन,ए माओवादी वा कांग्रेस सँग गरेको गठबन्धन बाट राजमोलाई फाइदा भन्दा घाट बढी भएको इतिहाशछ।तर राजमोले आफ्नो पार्टीगत फाइदा भन्दा राष्ट्रियता र गणतन्त्रको फाइदालाई ध्यायन दिएर मात्र गर्ने गरेकोछ।अहिलेको गठभन्धन गणतन्त्र र सिंगो सम्बिधानको खतरालाई देखेर गरेको यो गठबन्धनमा पनि बिगतका दिनहरूमा जस्तै वेमानी गर्नेहरूको सामना गर्नुपरेको बिभिन्न ठाउँमा भएको कांग्रेसको ब्यबहारले पुष्टी गरेकोछ।तर उनिहरूले गठबन्धनमा गरिने यो बिभेदकारी नीतिले मात्र राजमोलाई नोक्सान हुनेछैन बरू सिंगो गणतन्त्रवादी शक्तिलाई नोक्सान झेल्नुपर्नेछ।
अहिले प्रतिगमनकारी शक्तिको चौतर्फिय बिकास र ब्यापक प्रचारको सिलसिला चलेको अबस्थामा थोरै ला-प्रवाहीले गणतन्त्र धरापमा पर्न सक्नेकुरा प्रष्टछ। एमालेको नीति गठबन्धनलाई हराउँन जुनसुकै हदसम्म पनि जान सक्छन भन्नेकुरा उनिहरूको राजावादीहरू सँग भएको तालमेलले पुष्टिगरेकोछ।
एमालेको लाइन ओलिको पुष पांचगतेको संसद र बहुमतको सरकार बिघटन पछि गुणत्मकरूपमा परिवर्तन हुन पुगेकोहो अब उनिहरू एमालेको नीतिलाई अघोषित रूपमा छाडेर ओली पथमा लम्किएकोछ त्यसकारण ओलीले जे जे भनेपनी त्यो लागुगर्नैपर्छ र ओललीको ब्यबहार भनेको सत्तालोलुपतानै हो उन्ले अब अघोषित रूपमा सम्बिधान माथीनै आकारमण गर्दै आएकाछन कथित हिन्दुवादी शक्तिहरू संग सांठगाठ हुनुभनेको धर्मनिरपक्षियतामाथीको आकारमणहो र धर्म निरपक्षियता र गण तन्त्र आम जनताले आफ्नो बलिदान दिएर साढे छ दशक सम्म संघर्ष गरेर ल्याएको ब्यबस्थाहो।
देशमा गणतन्त्रलाई फेलगर्न बिदेशी शक्तिहरू खास गरेर छिमेकीले मधेशवादि शक्तिहरूलाई बिगतमा उक्साएर छिराएको संघियताले गर्दा देशले अहिले सम्म २०७२को सम्बिधानलाई संस्थागत गर्न सकेकोछैन।नेकपा एमालेले पुष पांच गतेपछि जुन नाटकिय ढङ्गले देशलाई प्रतिगमनको संघारमा ढेकल्ने र साम्राज्यवादको देशमा चलखेल बढाउँने काम गरे त्यो ब्यबहारलाई नरोकी नहुंने राष्ट्रिय आबस्याकता सिर्जना भयो।त्यसैको परिणाम राजमोले देशको अबस्था र सम्बिधानमाथीको ओलिको आकारमणलाई रोक्न सके सम्म ओलिलाई पाखा लगाएर एउटा वामपन्थि शक्तिले देशमा सरकार बनाउँने आबस्याकताछ भनेर आवहान गय्रो तर त्यो धेरै कोसिसका बावजुद सफल हुन नसकेपछी गणतान्त्रिक शक्तिहरू भयपनि अगाडी आउँनुपय्रो भनेर आफ्नो बिचार अगाडी सारेपछि नेपाली कांग्रेसको नेतृत्वमा सर्वोच्चले दिएको निर्देशनुसार गठबन्धनको सरकार बनेको थियो।
देशका ठुला दलहरू एमाले,नेपाली कांग्रेस र एमाओवादीहरू सबै जसो त्यो वेलामा पनि एम सीसीलाई पारित गराउँने होडमा थिएर र राजमो एक्लैले जनतामा ब्यापक बिरोध गय्रो संसदमा बिरोध गय्रो तरपनि उनिहरूले एमसीसी जस्तो राष्ट्रघाती सम्झौता संसद बाट पारित गराए।
राजमोले गठबन्धन सरकारलाई बाहिर बाट समर्थन दिनेवेला उनिहरूले एमसीसीको मुद्धा उठाएका थिएनन् तर पछि त्यो मुद्धा उठाएर संसदमा पेसगर्दा राजमोको जोडदार बिरोध जनाएको थियो।यति प्रष्ट हुँदा हुंदै कतिपय साथिहरू राजमोलाई एमसीसीमा मुछेर बद्नाम गर्ने प्रयात्न गर्दैछन।त्यो राजमोलाई बद्नाम गरेर आ आफ्नो चुनावी स्वार्थ पुरागर्ने उदेश्यमा प्रेरितछ।तर देशका जनताले प्रष्ट रूपमा देखि रहेकाछन का. चित्रबहादुर केसीको लगातार बिरोध र संसदमा दुर्गा पौड्यलले जोडदार बिरोध जनाएको कुरा कसैबाट लुकेकोछैन।
अहिले राजमो एउटामात्र पार्टीहो जसले देशमा संघियताको जनमकाल देखि बिरोध गर्दै आयो र त्यो वेला जनतालाई बन्द र हड्ताल गरेर दुःख नदिने हिसालवले बाह्र दिने काठमाण्डु केन्द्रित आन्दोलन गरेको थियो।राजमोले सुरू देखुन देश बन्दगर्ने देशमा आतङ्कारी गतिबिधी फैलाउंने बिषयको ब्यापक बिरोध गर्दै आएकोछ।सके सम्म जनताको माझमा रहेर जनताको समर्थन पाएर जनता र देशको हितमा काम गर्ने राजमोको उदेश्यहो। अहिले पनि संघियताको हाम्रो आन्दोलन जारीछ र त्यो खारेज नहुंदा सम्मनि जारी रहनेछ।साथै एमसीसीको बिरोधमा पनि राजमो नेकपा मसालले लगातार बिरोध गर्दै आएकोछ।
अहिले राष्ट्रियता गणतन्त्र र जनजिविकाको लडाई जारिनैछ।गठबन्धन पनि जनता र देशको लागि गरिएकोहो भन्नेकुरा छर्लङ्गैछ।हाम्रो नीति दुश्मन शक्ति सँगपनि शंघर्षश एकता र पुन शंघर्षको लेनिनवादी नीतिमा बिस्वास भयकोले ब्यबहारमा पनि त्यही अप्नाएको सत्योहो।भोलीका दिनमा बिदेशीहरूको आकारमणको अबस्था आयो भने राष्ट्रिय स्तरको एकता गर्ने नीति हुनेछ त्यो अबस्थामा राजा समेत अटाउँन सक्छ।अहिले कतिपय मित्रले भन्नुहुन्छ हिंजो आफैले दुश्मन भनेकाहरू आज मित्र कसरी भए?उंहाहरूले लेनिनवादी नीतिको अध्यायन गरेपछि बुझ्नुहुनेछ।नेपाली कांग्रेसलाई हामिले दुश्मन शक्ति भनेपनि दलाल पुंजिपति बर्गको पार्टी भनेपनि गणतान्त्रिक शक्ति भनेकाछौं अहिले देशमा गणतन्त्र खतरामा परेको वेला हामिलाई गणतन्त्रवादी शक्तिहरू सँग एकता गरेर जानु लाज लाग्दैन।बरू गोरव़ महेशस् हुन्छ।उनिहरू सधैका लागी दुश्मन हुंदैन भन्नेकुरा पनि बुझ्नुपर्छ।तर हामिले यो भनिरहंदा नेपाली कांग्रेसले पनि गठबन्धनलाई पार्टीको स्वार्थको रूपमा होइन गणतन्त्रको स्वार्थको हिसावले ब्यबहार गर्नुपर्छ।
गठबन्धनका घटकहरूमा इमानदारीताको सवालमा इमानदार हुनुपर्नेहो तर देश र जनताको भन्दा आफ्नो पदप्रतिष्ठाको स्वार्थमा एकले आर्कालाई उपयोग गर्न थालियो भने त्यो धरापमा पर्नेछ।राजमोले चुनावलाई क्रार्यनीति ठान्दछ मात्र चुनावलाई एउटा आन्दोलनको कढी मानेर उपयोग गर्नेहरूले आफ्नो कार्यनीतिले देश र जनताको हितमा प्रयोग गर्नेगर्छन।त्यसकारण कांग्रेस र एमाओवादीहरू जस्ता पार्टीहरूको लागी चुनाव चिवन मोरणको प्रश्न भएपनि राजमोलाई यो एउटा आन्दोलनमात्र हो।चुनाव जितेपछी जनताका जल्दाबल्दा समस्याहरूलाई लिएर देशमा हुने स्तानिय तहको भ्रष्टचारको बिरूद्धमा आन्दोलन गर्ने र बचटलाई सहि ठाउँमा लगाउँन जोड दिने राजमोले गर्नेछ।वास्तबिकरूपमा आज मुद्धा देशभित्रको महंगी भर्ष्टचारी, भूमाफीया वा कालाबजारी र बिकासको हुन्छ।
अहिले हाम्रो देशका कयौं गाउँहरूका खोलाहरूमा पुलको ब्यबस्थाछैन,बिध्यार्थिहरूको लागी आगमनगर्दा असुबिधाछ,हेल्थपोष्टहरूमा प्राप्त मात्रामा उपचारका उपकरण र औसधीहरू छैनन् खानेपानी र बिधुत ब्यबस्थाको समस्याछ,मल बिउ समयमा नमिलेर किसानहरूलाई समस्या हुनेगर्छ।आदी यिनै मुद्धालाई लिएर अहिलेका प्रतिनिधिहरूले जनतामा समाधान गर्ने बिचार बोकेर जान्छन।
तर यही मुद्धा बिगतका थिएर भबिस्यमा पनि यिनै पुराना मुद्धा यथावर्त नहौन भनेर हामीले सजग हुनुपर्छ।मुद्धाहरू समाधानको सट्टा झन बल्झिएको पनि बिगतका तमाम उधारणहरूछन।अहिले त्यस्तो नहौश भन्ने कामना गर्नुपर्छ।तर गठबन्धनले देश र जनताको समस्यालाई लिएर इमानदारीताका साथ अगाडी बढोस भन्ने जनताले गरेको आश लाग्छ।

चर्चामा

सम्बन्धित समाचार