बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • पाकिस्तानमा अमेरिकी सैन्य अखडा राख्न नमानेपछि प्रधानमन्त्रीबाट हटाइयो : इमरान खान

पाकिस्तानमा अमेरिकी सैन्य अखडा राख्न नमानेपछि प्रधानमन्त्रीबाट हटाइयो : इमरान खान

  • सोमवार, बैशाख २६, २०७९
पाकिस्तानमा अमेरिकी सैन्य अखडा राख्न नमानेपछि प्रधानमन्त्रीबाट हटाइयो : इमरान खान

इस्लामावाद — अविश्वासको प्रस्तावमार्फत हटाइएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफू सत्तामा रहँदा देशमा सैन्य आधार स्थापना गर्ने अमेरिकी मागसँग कहिल्यै सहमत नभएको दोहोर्‍याएका छन् ।

पूर्वक्रिकेटरसमेत रहेका खान गत महिना संसद्मा अविश्वासको प्रस्तावमार्फत् पदमुक्त भएका थिए । आफूलाई सत्ताच्युत गर्न अमेरिकाले षडयन्त्र गरेको उनले आरोप लगाउँदै आएका छन् ।

अविश्वासको प्रस्तावबाट हट्ने उनी पाकिस्तानका पहिलो प्रधानमन्त्री हुन् । एक भिडियो सन्देशमा विदेशमा रहेका पाकिस्तानीहरूलाई सम्बोधन गर्दै खानले , अमेरिकाले ‘अफगानिस्तानमा सम्भावित आतंकवादविरुद्ध प्रत्याक्रमण गर्न’ पाकिस्तानमा आधारहरू चाहेका र आफ्ना लागि सो प्रस्ताव बिल्कुल अस्वीकार्य भएको बताए ।

पाकिस्तानले अमेरिकी नेतृत्वमा भएको ‘आतंकवादविरुद्धको युद्ध’मा ८० हजारले ज्यान गुमाएको र अझै पनि बलिदानको कदर नगरिएको भन्दै उनले त्यसको दोष अमेरिकी राजनीतिज्ञहरूलाई लगाए ।

चर्चामा

सम्बन्धित समाचार