शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • बाजुराको कवाडीमा काँग्रेस र एमाले कार्यकर्ता बिच झडप, ५ जना घाइते

बाजुराको कवाडीमा काँग्रेस र एमाले कार्यकर्ता बिच झडप, ५ जना घाइते

  • शनिबार, बैशाख २४, २०७९
बाजुराको कवाडीमा काँग्रेस र एमाले कार्यकर्ता बिच झडप, ५ जना घाइते

बाजुरा–हिमाली गाउँपालिका ५ कवाडीमा नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ता बिच झडप भएको छ । शनिवार साँझ ७ बजेतिर भएको झडपमा ५ जना घाइते भएका छन् । स्थानियका अनुसार ३ जना नेपालि काँग्रेस र २ जना नेकपा एमालेका कार्यकर्ता घाइते भएको वताएका छन् ।
नेकपा एमालेका कार्यकर्ता नेपालगञ्ज बाट आएर कवाडीमा झरेको बेला त्यहि रहेका काँग्रेस कार्यकर्ता बिच भनाभन हुदै ढुङ्गा हानाहन भएको प्रहरीले जनाएको छ । अहिले अबस्था सामान्य भएपनि थप झडप हुन सक्ने भएकाले कवाडीमा शसस्त्र प्रहरी समेत घटना स्थलतिर लागेको जनाइएको छ । दुबै पक्ष सँग प्रहरीले छलफल गरिरहेको प्रहरीेले जनाएको छ । प्रहरीका अनुसार घाइतेकाे अबस्था सामान्य रहेकाे वताएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार