शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • बाजुराको पाण्डुसैन झडपमा १६ प्रहरी सहित २० जना घाइते

बाजुराको पाण्डुसैन झडपमा १६ प्रहरी सहित २० जना घाइते

  • शुक्रबार, बैशाख २३, २०७९
बाजुराको पाण्डुसैन झडपमा १६ प्रहरी सहित २० जना घाइते

बाजुरा–बाजुराको बुढिनन्दा नगरपालिका वडा न ९ पाण्डुसेनमा दिनभर तानबग्रस्त बनेको छ । झडपमा १६ जना प्रहरी ४ जना अन्य गरि २० जना घाइते भएका छन् ।
काँग्रेस कार्यकर्ता चौकी आक्रमण गर्न खोज्दा १६ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी प्रहरी निरीक्षक बिन्द्र बोगटीले बताएका छन । त्यस्तै नेकपा समाजवादीका २ जना र काँग्रेसका २ जना घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरी स्थिति नियन्त्रणमा लिनका लागि १४ राउन्ड हवाइ फायर समेत गरेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख डिएसपी चर्तुभुज ओझाले वताए ।
दिउसो नेपाली काँग्रेस र नेकपा एकिकृत समाजबादीका कार्यक्रता बिच दोहोरो झडप भएको छ । सामाजवादीका कार्यकर्ता प्रहरी चौकीमा संरक्षण लिन पुगेका थिए । सामाजवादीका कार्यकर्ता चौकि भित्र रहेको भन्दै काँग्रेस कार्यकर्ताले प्रहरी चौकि माथिनै आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी प्रहरी निरीक्षक बिन्द्र बोगटीले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार