शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • ०५४ साल देखि राजनीतिक द्धन्द्धमा बाजुराको फैति गाउँ

०५४ साल देखि राजनीतिक द्धन्द्धमा बाजुराको फैति गाउँ

  • बिहिबार, बैशाख २२, २०७९
०५४ साल देखि राजनीतिक द्धन्द्धमा बाजुराको फैति गाउँ

बाजुरा–हिमाली गाँउ पालिका ४ फैति गाँउमा २०५४ सालको स्थानिय चुनाव देखि गाँउनै द्धन्दतिर रहेको छ । त्यो बेलाको स्थानिय चुनाव देखि फाटेको मन अहिले सम्म एक हुन सकेको छैन् । उल्टै प्रत्येक चुनावको बेला गाँउमा झै झगडा भइरहेने गरेका छन् । स्थानिय चक्र मल्लले भने हामी सानै थियौ त्यो बेला देखि काँग्रेस र एमाले बिच गाँउमा बिवाद थियो, अहिले सम्म नरोकिएको झन झन बढदै गएको उनले वताए ।
२०७४ को स्थानिय चुनावमा त्यहि गाउँका काँग्रेस बाट गोबिन्द्र बहादुर मल्ल र नेकपा एमाले बाट अजय बहादुर मल्ल चुनाव लडेका थिए । गोबिन्द्र बहादर मल्लले १७ सय ७६ र अजय बहादुर मल्लले १४ सय ७६ ल्याएर अजय ३ सय मतले पराजय भएका थिए । बैशाख ३० गते हुने चुनावमा पनि उनै दुबै जना काँग्रेस बाट गोबिन्द्र बहादुर मल्ल र नेकपा एमाले बाट अजय बहादुर मल्ल चुनावी मैदान छन् । अजय र गोबिन्द्र नजिकै दाईभाई भएपनि बोलचाल समेत बन्द रहेको छ । स्थानिय भन्छन्, उनिहरुका कारणले गाउँ नै दुईचिरामा परिणत भएको बताउँछन् ।
२०७४ असारमा सम्पन्न स्थानिय चुनावमा गाउँमा तिन दिन सम्म निकै अशान्त बन्यो । दुबै पक्ष बिच भिडन्त चल्यो प्रहरी गएर शान्त बनायो । एमाले समर्थक स्थानिय रङ्ग मल्लको घर तोडफोड र घाइते बनाएको भन्दै बाजुरा अदालतमा समेत मुद्धा दर्ता भयो । काग्रेस समर्थक ललित मल्ल, कल्पना मल्ल, चिरिञ्जबि मल्ल र खुम बहादुर मल्लका बिरुद्धमा सार्वजनिक मुद्धा समेत दर्ता भयो । २०५४ साल देखि नै गाँउमा खासै बोलचाल हुदैन थियो, स्थानिय चुनाव देखि भने पुणर् रुपमा बन्द भएको रङ्ग मल्लले वताए ।
फैति गाँउमा २ सय परिवार वसोवास गर्ने गरेका छन् । बाहुन, ठकुरी, सार्की र लुवार बसोवास गर्ने गरेका छन् । माओवादी, समाजवादीको प्रभाब भने निकै न्युन रहेको गाउँमा काँग्रेस र एमालेको बराबरी रहेको छन् । गाँउमा रहेका पसलमा पनि पाटि अनुसार नै सामान किन्ने गरेको उनले वताए । गाँउमा हुने भोज मलाली समेत एक अर्का पाटि समर्थक नजाने गरेका छन् । पाटिले गर्दा गाँउमा एक अर्काबिच बोलचाल बन्द भएको छ भने अर्को तर्फ एक्लै स्वतन्त्र रुपमा हिडडुल गर्न पनि नसकिने रहेको स्थानिय नन्द सार्की बताउछन् ।
त्यो गाउँमा भएको विवाद मिलाउनका लागि प्रशासनले प्रत्येक चुनावमा मात्र एक हप्ता जति समय खर्च गर्नु पर्ने गरेको छ । राजनितिक शक्क्तिमा पनि त्यो गाँउ रहेको छ । नेपालि काँग्रेसका सहमहामन्त्रि बद्रि पाण्डे त्यहि गाँउका हुन् । सोही गाउँपालिका ५ रुगिनमा पनि निकै द्धन्द्ध रहेको रहेको छ । एमाले बाट अर्जुन बुडथापा र काँग्रेस प्रदिप थापा उम्मेदवार रहेका छन् । वडा २०७४ सालेको चुनाव देखी दुईचिरामा रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार