शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • हिमाली गाउँपालिका ६ मा वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार पाण्डेकाे चुनौती

हिमाली गाउँपालिका ६ मा वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार पाण्डेकाे चुनौती

  • सोमवार, बैशाख १९, २०७९
हिमाली गाउँपालिका ६ मा वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार पाण्डेकाे  चुनौती

बाजुरा — हिमाली गाउँपालिका ६ मा नेपाली काँग्रेस र नकेपा एमालेको वडा अध्यक्षका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवारको चुनौती रहेको छ । स्वतन्त्र उम्मेदवार पुणर्लाल पाण्डेका कारण दुबै पार्टिका उम्मेदवारलाई चुनाव जित्न निकै सकस देखिएको छ ।
नेपाली काँग्रेस बाट प्रभुलाल भण्डारी र नेकपा एमाले बाट प्रेमलाल भण्डारी चुनावी मैदानमा रहेका छन् । स्वतन्त्र उम्मेदवार लडेका पाण्डे नेपाली काँग्रेसका हुन्, आफुलाई पाटिले अन्याय गरेको भन्दै आफुले स्वतन्त्र उम्मेदवारमा उम्मेदवारी हालेको वताएका छन् । वडा नम्बर ६ मा १७ सय ३३ मतदाता रहेका छन् । एमाले र काँग्रेसले टिकट पाएका दुबैजना पाडि गाउँका हुन् भने स्वतन्त्र लडेका पाण्डे धिम गाउँका हुन् ।
गाउँका हिसाबले सबै भन्दा बढी मतदाता धिम गाउँमा रहेका छन् । धिममा ११ सय बढी मतदाता रहेकाले काँग्रेस र एमालेका उम्मेदवारलाई निकै सकस भएको छ । भेगका हिसाबले स्वतन्त्र उम्मेदवारलाई भोट हाल्न सक्ने बलियो सम्भाबना रहेको छ । पाण्डेको चुनाव चिन्ह गुलावको फुल रहेको छ ।
पाण्डेले बडिमालिका खबर सँग भने ५५ बर्ष सम्म काँग्रेस पार्टिमा काम गरे । कहिले न्याय पाएन्, यो पालि त टिकट पाउँछु सोचेको थिए, टिकट नै नदिएपछि आफुले स्वतन्त्रमा उम्मेदवारी दर्ता गराएको वताए । आफुले जनताको न्याय र विकासका लागि उम्मेदवारी हालेको वताएका छन् । वडा नम्बर ६ बाट पालिका अध्यक्षको उम्मेदवारमा गोरख सार्की र दलित महिला सदस्यमा बविता चदाराले स्वतन्त्र उम्मेदवार रहेका छन् । २०७४ सालकाे स्थानिय चुनावमा काँग्रेसका सुरेन्द्र बहादुर मल्लले ४ सय ७१, नेकपा एमालेका पुर्णलाल राकाेयाले ४ सय ३७ र माअाेवादीका गाेर्ख सार्कीले २२ भाेट ल्याएका थिए ।

चर्चामा

सम्बन्धित समाचार