शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • १ मई जिन्दावाद !!

१ मई जिन्दावाद !!

  • शनिबार, बैशाख १७, २०७९
१ मई जिन्दावाद !!

जनक बि सि

कतिका चर्को दमन शाषक तिम्रो ,
तिमि दमन गरि रर्‍याै दमन कै गर्भमा १ मई १८८८ हुर्की रर्‍याे हाम्रो ।

शाेषण दमन भईरहन्छ मजदुर किसान बिद्रोहि हुन्छ
बिद्रोहकाे बिस्फाेठले समानता पाउँछ ।

१८८८ काे अमेरिकी सिकाङगाे शहर रक्त रन्जित भयाे ,
८ घन्टा श्रम, ८ घन्टा मनाेरन्जन ,र ८ घन्टा आराम मजदुरकाे जित भएको इतिहास रर्‍याे ।

१८८८ काे सिकाङगाे सहर रक्ताम्यै रक्ताम्यै बनि रर्‍याे,
रगतले मुछिएकाे राता कपडा बिर शहिदकाे निसानि बन्याे।

बिर शहिद तिम्रो रगतले मुछिएका राताे कपडा मजदुरकाे निसाना भयो ,
८ घन्टा श्रम, ८घन्टा मनाेरन्जन र ८घन्टा आराम शाषकले लुटेर लग्याे ।

धर्तीमा समानताकाे लडाइँमा खाेसिएका अधिकार खाेस्न हामी संगठित हुन्छौं ,
ए,,, शाषकहरु तिमी ” कागजि ” बाघ हाै हाेसियार रहाै ।

आऊ १ मई सधैं संगठित बनेर आऊ
साम्राज्यवादि शाषकहरुलाई धरासाहि पार्न जाऊ ।

उठि रहेछन श्रमजीवी आफ्नो हक अधिकार कब्जा गर्नलाई,
गरिब दु:खि आफ्नो अघिकार ल्याउनलाई ।

आऊ सधैंका सधैं आऊ १ मई तिमि जुरुक्क उठेर आउ,
श्रमजीवी सँग घाटि जाेडि आउ बाेलि देऊ १ मई जिन्दावाद भनि आऊ ।

चर्चामा

सम्बन्धित समाचार