आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • राजनीति
  • पार्टी जिताउन उपप्रमुखको उम्मेद्धारी फिर्ता लिएकी हु : मनु रोकाया

पार्टी जिताउन उपप्रमुखको उम्मेद्धारी फिर्ता लिएकी हु : मनु रोकाया

  • शनिबार, बैशाख १७, २०७९
पार्टी जिताउन उपप्रमुखको उम्मेद्धारी फिर्ता लिएकी हु : मनु रोकाया

बाजुरा– बुढीनन्दा नगरपालिका उपमेयरका उम्मेद्धार मनु रोकायाले पार्टीले दिएको उप प्रमुखको उम्मेदारी फिर्ता लिएकी छन् । आफु भन्दा पनि पार्टी जितोस, जित्नु पर्छ भन्ने उद्देश्यका साथ उम्मेद्धारी फिर्ता लिएको रोकायाले बताएकी छन् ।
नेकपा एमालेकी धेरै प्रतिस्प्रधीहरु मध्ये नेकपा एमाले सुदुरपश्चिम कमिटीले मनु रोकायाको नाममा उप प्रमुखको टिकट दिएको थियो । आफ्नो नाममा टिकट आएपछि बुढीनन्दाका मतदातासंग आफु उप प्रमुखमा उम्मेद्धारी कीन र आफु बिजय भएपछि नगरपालिकाको मुहार फेर्ने योजनाका साथ मतदाता भेट्घाटमा थिईन ।
नेपाली काँग्रेश प्रदेश “क” का सभापति रामबहादुर बोहोराले काँग्रेस पाटि परित्याग गरे । बोहोराले पाटि परित्याग सँगै बुढीनन्दा नगरपालिकाको स्वतन्त्र उप प्रमुखमा उम्मेद्धारी दिएपछि नेकपा एमाले प्रबेस गरे । यसो हुदा ब्यक्ति भन्दा पनि पार्टीले जितोस राजनिति समाज सेवा हो, जनप्रतिधि नहुदा पनि नगरबासीको समाज सेवामा पछि नहट्ने र एमाले पार्टी जिताउन लागि पर्ने बताएकी छन् ।
उनले भनेकी छन पद र प्रतिष्ठाको लाथि कहिलै पनि अहंकारको खेति गरिएन मैले उपप्रमुखको उम्मेद्धारी फिर्ता लिएर सहि गरे या गलत त्यो थाहा भएन । तर मैले उम्मेद्धारी फिर्ता लिएपछिको मेरा सुभचिन्तकले देखाउनु भएको सदायताले थप हौसला बढेको उनले बताईन । उनले भनिन म ब्यक्तिगत रुपमा हारौ केही छैन, तर म आस्तावन पार्टी नेकपा एमाले जितोस संगठन मुख्य कुरा हो ।

राजनितिमा त्याग सबै भन्दा ठुलो कुरा हो । पार्टी बलियो मज्बुद बनाउन त्याग गर्न सक्नु पर्छ । आफुले पाएको टिकट फिर्ता लिनु पर्दा दुखले भन्दा पनि पार्टी जित्ने खुशीका साथ उम्मेद्धारी फिर्ता लिएको उनले बताईन । सम्पुणर् नगरपासीलाई नेकपा एमालेका प्रमुखका उम्मेद्धार जनक कुमार बोहोरा र स्वतन्त्र उम्मेद्धार रामबहादुर बोहोराको टिमलाई मतदान गरी बिजय गराउन अनुरोध गरेकी छन् ।
उनले आफ्नो फेसबुकमा नगरबासी मतदातालाई लेखेको स्टाटस यस्तो छ ।
पद र प्रतिष्ठाको लागि कहिल्यै पनि अहंकारको खेति गरिएन मैले सही ग़रे या ग़लत त्यों थाहा भएन आज मैले मेरो मनानयन दर्ता फिर्ता लिइसकेपछी आएका फ़ोन म्यासेजले मलाई अरु थप ऊर्जा थप्यो । हजुरहरु को यति धेरै माया साथ सपोर्टले मलाई मेरो समाज सेवा प्रति को भाब लाई अझ बलियो बनाएको छ । म हजुरहरुको माझ मा सदैब छू ज़न प्रतिनिधि नभएरै हज़ूर हरु को सेवा मा क़ूनै कमी हुने छैन मेरो क्षमता ले भ्यायसम्मको ग़र्ने छू ।

राजनीति मा त्याग समर्पण को ठुलो भूमिका हुदो रहेछ भन्न्ने कुरा को महसूस ग़रे मैले पार्टी लाई जगाऊँन र बुढिन्नदा नगरपालिकामा जिताउन यो त्याग ग़रे अब मेरो नगरपलिकामा एक सक्षम व्यक्ति उपमेयरमा समर्थन गरेको छु मेयरमा जनक बोहरा र उप मेयरमा राम बहादुर बोहरालाई बिजय गराउन अबको बाक़ी दिन अहोरात्र खटिने छू । सम्पूण आमाबुबा दाजुभाइ दिदिबहिनी तथा बुढिनन्दा नगरबासिमा अपील गरछु, बुढिनन्दा नगरपालिकाको नेकपा एमालेको प्यानल लाई बिजय गराउन हुन हार्दिक अनुरोध गर्दछु ।

चर्चामा

सम्बन्धित समाचार