शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राजनीति
  • बुढिनन्दा नगरपालिकाका १ नगर प्रमुख २ उप प्रमुखले लिए उम्मेदवारी फिर्ता

बुढिनन्दा नगरपालिकाका १ नगर प्रमुख २ उप प्रमुखले लिए उम्मेदवारी फिर्ता

  • शुक्रबार, बैशाख १६, २०७९
बुढिनन्दा नगरपालिकाका १ नगर प्रमुख २ उप प्रमुखले लिए उम्मेदवारी फिर्ता

बाजुरा — जिल्लाको बुढिनन्दा नगरपालिकामा १ जना नगर प्रमुख २ जना उप प्रमुखका उम्मदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता गरेका छन । उम्मेदवारी फिर्ता लिने अन्तिम दिन अर्थात शुक्रबार ३ जना उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएको हो ।
उम्मेदवारी फेर्ता लिनेमा नेकपा एमालेबाट सिफारीस भएकी मनु कमारी बिसी रोकाया, नेकपा माओबादी केन्द्रका तर्फबाट उम्मेदवारी दिएका भरत बहादुर बिक र नेकपा एकिकृत समाजबादी पार्टीका तर्फबाट उम्मेदवारी दिएका पुर बहादुर रावतले उम्मेदवारी फेर्ता लिएका छन ।
नेकपा एमालेबाट सिफारीस भएकी मनु कुमारी बिसि रोकायाले स्वतन्त्र उम्मेदवार राम बहादुर बोहारालाई छोडेर आफ्नो उम्मेदवारी फेर्ता लिएको जनाएकी छन । यता सत्तारुढ गठबन्धनमा रहका नेपाली काग्रेस नेकपा माओबादी र नेकपा एकिकृत समाजबादीका नेताहरुले आन्तरीक गठबन्धनलाई सघाउन समाजबादी नेता रावत र बिकले उम्मेदवारी फेर्ता लिएको जनाएका छ ।
सोही क्रममा बुढिनन्दा नगरपालिकामा सबै गरी १५ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फेर्ता लिएको निर्बाचान अधिकृतको कार्यालय बुढिनन्दाले जनाएको छ । नेपाली काँग्रेस बिपीका तर्फबाट नगर प्रमुखमा उम्मेदवारी दिएका परलाल जैशीले पनि उम्मेदवारी फेर्ता लिएका छन । त्यसै गरी स्वतन्त्र उम्मेदावारी दिएका कपुर बिकले पनी नगर प्रमुखको पदको उम्मेदवारी फेर्ता गरेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार