मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • समाचार
  • सुतेको बेला मर्ने डरले रातभर जाग्राम !

सुतेको बेला मर्ने डरले रातभर जाग्राम !

  • शुक्रबार, बैशाख १६, २०७९
सुतेको बेला मर्ने डरले रातभर जाग्राम !

डर सबैलाई लाग्दछ, यो स्वभाविक पनि हो । कसैलाई अँध्यारोसँग डर लाग्दछ कि कसैलाई उचाइदेखि । तर बेलायतका एक युवकलाई चाहिं सदैव अनौठो डरले सताइरहन्छ । रातमा गहिरो निद्रा सुत्यो भने बिहानसम्म आफ्नो मृत्यु हुन्छ कि भन्ने डर उनलाई लाग्दछ ।

यस्तै डरका कारण डेभिड निल सुत्नबाट डराउँदछन् र रातभर जाग्राम बस्ने गरेका छन् । अरु मानिसहरू रात छिप्पिन थालेसँगै सुत्ने कोठामा छिर्दछन् तर डेभिड भने घर बाहिर निस्किन्छन् निद्रा छल्नका लागि । आखिर ४६ वर्षका डेभिड निललाई निद्रामा मृत्युको डर किन लाग्दछ ?

डेभिड छारे अर्थात इपिलेप्सी रोगबाट पीडित छन् । सोही बिमारीका कारण उनी जुनसुकै बेला मुर्छा पर्ने गर्दछन् । त्यसबेला उनको ज्यानै पनि जान सक्दछ । वास्तवमा रातमा सुतेको बेलामा त्यसैगरी ज्यान जान्छ कि भन्ने उनको डर छ ।

द मिररमा छापिएको खबर अनुसार त्यस्तो डरका कराण डेभिड हरेक रात रेष्टुरेन्टमा गएर बिताउँछन् । रातभर कफी पिएर निद्रा भगाउन कोसिस गर्दछन् ।

डेभिडलाई छारेसँगै अटिजम तथा OCD को समस्या पनि छ । सोही कारण उनको दिमागमा मृत्युलाई लिएर अनौठो डर पैदा हुन्छ ।

रातमा गहिरो निद्रा परेको बेलामा अकस्मात छारेको कारण मुर्छा परियो भने आफ्नो मृत्यु होला भन्ने त्रास उनमा छ । त्यसैले उनी निद्राबाट डराउँछन् ।

डेभिडलाई सात वर्षको उमेरदेखि नै यस्तो समस्या देखा परेको थियो । उनको घर नजिकै एक म्याकडोनाल्ड रेष्टुरेन्ट छ । रातमा सुत्नुको साटो उनी सोही रेष्टुरेन्टमा जान्छन् ।

आफूलाई सामान्य महसुस गराउनका लागि उनले रेष्टुरेन्टका कर्मचारीसँग कुराकानी गर्दछन् र रात बिताउँछन् । एजेन्सी

चर्चामा

सम्बन्धित समाचार