बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • स्थानिय निर्वाचन गणतन्त्रको पक्षमा उपयोग गरौँ!

स्थानिय निर्वाचन गणतन्त्रको पक्षमा उपयोग गरौँ!

  • बिहिबार, बैशाख १५, २०७९
स्थानिय निर्वाचन गणतन्त्रको पक्षमा उपयोग गरौँ!

सुरेशकुमार पान्डे — हामी बुजुर्वा लोकतन्त्रको चुनावको पुर्व संघारमाछौँ।
जसलाई हामीले जरै देखून खारिज गर्नुपर्छ भन्ने मान्यता राख्छौं आज हामिले त्यही चुनावी यात्रा तय गर्नुपरेकोछ यो हाम्रो बाध्यताहो।
एउटा क्रान्तिकारी पार्टीले बुजुर्वा चुनावलाई कार्यनीतिको रूपमा लिएकोले देश जनता र पार्टीको हितमा वहिस्कार वा उपयोग जुन मेल खान्छ त्यही कार्यनीति अप्नाउँनुपर्छ र पार्टीले त्यही गर्दैछ।
कतिपय हाम्रो कार्यनीति बाट रूष्ट भएका हाम्रा मित्रहरूले नेकपा मसाल राजमोलाई चुनाव प्रस्त संसदिय दलदलमा भासिएको पार्टी अब यसले क्रान्ति गर्नेछैन भनेर दक्षिण पन्थिको आरोप लगाउँदै समानतर संगठन निर्माण गरिसकेपछी उँहाहरूले पनि त्यही उंहाको भनाईनुसार दक्षणिपन्थि चुनाव प्रस्त नीति अप्नाउँनु भयो।तर जसलाई राजमोले देशमा प्रतिगामी शड्यन्त्रकारी हो भनेर ठोकुवा लगाएकोछ उँहाहरूले उसैलाई वामपन्थि शक्ति मान्नु भएकोछ त्यो शक्ति सँगपनि कतिपय ठाउँमा सहकार्य गर्ने बताउँनु भयो।
अहीले यही हाम्रो बिचको अन्तर देखिन्छ उंहाहरूले नेपाली कांग्रेस बाट अहिले बढी खतराछ ओलीको एमाले बाट कम खतरा देख्नु भएकोछ।जसले राप्रपा राजावादी दल सँग चुनावी गठबन्धन गर्ने निर्णय गरेकोछ।जसले सोझै राजावादी सँग गठबन्धन गर्दैछ त्यसलाई समर्थन दिनु भनेको राजतन्त्रलाई पुनर्जिवित पार्नु हुन्छ जसले गणतान्त्रिक ब्यबस्थाको अनत्य गर्ने सडयन्त्र गर्दैछ त्यो बाट उनिहरूले कुनै खतरा देख्दैनन्।जसले गणतन्त्रको हितमा प्रतिगमनको बिरूद्धमा गठबन्धन गरेकाछन उनिहरूलाई प्रतिगामी देख्न पुग्छन।हो कुनै वेला एमाले ले अप्नाएको नीति पनि ठिक थियो जहलाई राजमोले सहयोग र समर्थन पनि दिएकोहो।अहिले ओलीले बिगत बर्ष पुषको पांच गते संहदलाई बिघटन गरेर जुन ब्यबहार अप्नाउँदै आएकोछ यो अबस्थामा ओलिलाई साथ दिनु भनेको राजतन्त्रलाई बिउँताउँनु मात्रै होइन देशमा साढे छे दशकको बलिदानी पुर्ण शंघर्ष गरेर ल्यायको गणतन्त्र र धर्म निर्पक्षियतालाई समेत खतराछ।देशलाई हिंदु राज्य बनाउँने विस्व हिंदु परषद र छिमेकी लगायत राजा समेतको त्यो शडयन्त्रमा एमाले ओलि पक्ष फसिसकेको कुरा स्वायम ओली बाट निस्केको घटकले भन्दै आएकोछ र ब्यबहारमा समेत उन्ले देखाउँदै आएकाछन।
यो सबै बिषय बस्तुलाई प्रष्टरूपमा अहिले पनि राजावादीहरू सँग गरिएको चुनावी गठबन्धनले देखाएकोछ र कालान्तरमा गुणत्मक फट्को लाग्ने अबस्था न आउँदै उंहाहरूको चेत खुल्नेछैन।
अहिले उंहाहरूले सौताको रिसले आफ्नै घरमा आगो लगाउँदै हुनुहुन्छ।उँहाहरूको एमाले मोहले गर्दा उसले गरेको प्रतिगामी शडयन्त्र गोण आंक्नु भएकोछ तर जानि नजानि प्रतिगामी दिशा आफै समात्न पुग्नु भएकोछ।
हामिले चुनावलाई सुरू देखिनै कार्यनीति प्रश्न ठान्दछौं र हाम्रो ब्यबहारपनि त्यही नीतिनुसार अगाडी बढेकोछ।
स्थानिय निर्वचनलाई हामीले लगभग उपयोगनै गर्दै आएकाछौं।संसदिय निर्वाचन भने २०४८पछिका सबै उपयोगमैछन।एउटा क्रान्तिकारी पार्टीले चुनाव जित्नुलाई जिवन मरणको प्रश्न बनाउँदैन यो पनि हाम्रो एकप्रकारको आन्दोलननै हो जीत हार पनि सामन्य कुराहो।जितेर स्थानिय रूपमा हुंने भ्रष्टचारलाई रोक्न सकिन्छ भन्ने हामिलाई लाग्छ त्यो सत्यहो स्थानिय रूपमा पनि ब्यापक रूपमा भ्रष्टचार हुनेगर्छ त्यसलाई नियन्त्रण गर्ने र नौलो जनवादी क्रान्तिको लागी आधार तैयार पार्न स्थानिय चुनावलाई उपयोग गर्दा फाइदा पुग्छ भन्ने हामिलाई लाग्छ।
बुजुर्वा चुनाव जितेर जनताको मागनुसार जनताका समस्य समाधान हुन्छन भन्नेबारे हामिले यो ब्यबस्था बाट जनताका सबै समस्य समाधान हुन्छन भनेर आकास तर्फ थुकेको जस्तै हुनेछ।जनताका समस्य नौलो जनवादी क्रान्तिमा पुगेपछी केही हदसम्म समाधान गर्न सकिन्छ।
त्यो भन्दा पहिले चुनावलाई उपयोग गर्नु भनेको नौलो जनवादी क्रान्तिको लागि आधार तैयार पार्ने र स्थानिय तहमा हुँने भ्रष्टचारलाई रोक्नेनै हो।
पार्टीले पांचदलिय गठबन्धन गरेर गयो त्यहीनुसार सबै हाम्रा समर्थक समेतले गठबन्धनको पक्षमा मतदान गर्नेछन भन्ने प्रष्टछ।
राजमोका प्रत्येक कार्यक्रता अनुसाशित हुन्छन र पार्टीको निर्देशन अनुसार उनिहरूले आफ्नो मतदान गरेर प्रतिगमनलाई परास्त गर्नेछन।अहिलेको निर्वाचन प्रतिगामी शड्यन्त्रकारीहरूको बिरूद्धमा गणतान्त्रिक शक्तिको पक्षमा हुने सबैलाई जानकारी भएकोले त्यही नीतिलाई फ्लो गर्नुपर्दछ।पार्टीले दिएको नीर्देशन सबै समर्थक समेतले ब्यबहारिकता दिनेछन भन्ने हामिले बिस्वास पनि गरेकाछौं।
कतिपय मित्रले नेपाली कांग्रेसको लागी आफन्ती समेतलाई भोट दिएनन् भन्नु भन्दा पनि आफन्तिको ब्यबहारले कहलाई फाइदा पुग्नेछ त्यता तिर मुल्याङ्कन गर्नुपर्ने हुन्छ।साथिहरूले नाटकिय ढंग बाट उमिदवारहरू खडागरेर घोर राजावादीहरूलाई फाइदा पुराउँदै हुनुहुन्छ।समयले यसको मुल्याङ्कन अबस्य पनि गर्नेछ।
आफ्नो रगत पसिना पोखेर आजिवन राजतन्त्र फाल्न ज्यान दिनेहरूले राजतन्त्र आउँन बाट रोक्न फेरी पनि आफ्नो ज्यानको वाजी लगाउँनेछन तर राजतन्त्रलाई पुनर्जिवित हुन दिनेछैनन् भन्ने कुरालाई आफ्नो मन र मष्तिकमा जमाएर राख्नुस।
हामिले कुनैवेला दुश्मन भनेर घोषणा गरेको वा दुश्मन शक्ति सँग पनि एकताको नीतिछ।शंघर्ष एकता र पुनःशंघर्ष हाम्रो ब्यबहार रहनेछ।अहिले जुन जुन ठाउँमा तालमेल भयकोछ त्यो ठाउँमा शयुँक्त उमिदवारको पक्षमा मतदान गर्ने हाम्रो नीति हुनेछ।हिंजो कस्ले के भन्यो आज कसले केभन्यो त्यो भन्दापनि पार्टीको नीति अहेम र आधारभूत हुनेगर्छ।हाम्रो पार्टीमा जनवादी केन्द्रियताको आधारमा नीति तय गरिन्छ र त्यहीनुसार कार्यन्वयन पनि गर्नुपर्दछ।यसबारेमा हामिले कसैलाई सफाई दिनुपर्दैन बरू उनिहरू आफैले बुझ्ने कुराहो भन्ने मलाई लाग्छ।

चर्चामा

सम्बन्धित समाचार