बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • भारतमा करेन्ट लाग्दा ११ जनाको मृत्यु, १५ जना घाइते

भारतमा करेन्ट लाग्दा ११ जनाको मृत्यु, १५ जना घाइते

  • बिहिबार, बैशाख १५, २०७९
भारतमा करेन्ट लाग्दा ११ जनाको मृत्यु, १५ जना घाइते

भारतको तमिलनाडुमा करेन्ट लाग्दा ११ जनाको ज्यान गएको छ। १५ जना घाइते भएका छन्। तञ्जावुर जिल्लामा एउटा मन्दिरको रथयात्राका क्रममा हाईभोल्टेजको तारमा ठोक्किँदा ११ जनाको ज्यान गएको र १५ जना घाइते भएका भारतीय सञ्चार माध्यमले जनाएका छन्।

ज्यान गुमाउनेमा केही बालबालिका पनि छन्। तञ्जावुरको कालिमेदुको मन्दिरमा ९४औँ माथिल्लो गुरुपूजा पर्व मनाइँदैछ। त्यसमा सहभागी हुन गएरातिदेखि दर्शनार्थीको भीड लागेको थियो। घटनाको अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जनाएको छ।

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा ज्यान गुमाएकाका परिवारलाई २–२ लाख र घाइतेहरुलाई ५० –५० हजार भारतीय रुपैयाँ दिने बताएका छन्।

यस्तै, तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले ज्यान गुमाएकाका परिवारलाई ५–५ लाख भारतीय रुपैयाँ दिने बताएका छन्।

चर्चामा

सम्बन्धित समाचार