मङ्लबार, बैशाख ४, २०८१

गजल!

  • बिहिबार, बैशाख १५, २०७९
गजल!

कति पाउँनेछन सिट दलित चुनावको वेला,
कति महिंलाको होला जित चुनावको वेला।

कुन कुन पार्टीले सम्बिधानको मर्म बुझ्छन,
यो अवसरमा गर्ने छन हित चुनावको वेला।

समावेसी समाजवाद अनमुख छ सम्बिधान,
के कतिले लगाउंने हुन मित चुनावको वेला।

थाहाछैन लेखाजोखा छानबिनगरौं मित्रहरू,
धेरै ले दन्तेकथा र गाए गित चुनावको वेला।

पुंजिवादी वुजुर्वा को जगमा हुँने निर्वाचनले,
झुट वेमानको दोराउला रित चुनावको वेला।

हेरौं तिस गते त अब नजिकिंदै छ बैसाखको,
के के नौलो हुने हो अङ्कित चुनावको वेला।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार