बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • राजनीति
  • स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष लगायत ७ जना जनप्रतिनिधीले दिए राजीनामा

स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष लगायत ७ जना जनप्रतिनिधीले दिए राजीनामा

  • शनिबार, बैशाख १०, २०७९
स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष लगायत ७ जना जनप्रतिनिधीले दिए राजीनामा

बाजुरा — बाजुरा जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाही लगायत ७ जना जनप्रतिनिधीले राजीनामा दिएका छन ।  स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष शाहीले पुन अध्यक्षमा दोहाेरिनका लागि राजीनामा दिएको बताएका छन । नेकपा एकिकृत समाजबादी पार्टीबाट पुन गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिनका लागि आफुले राजीनामा दिएको बताएका छन ।

निर्बाचन आयोगले स्थानीय तहको निर्बाचनमा पुनः भाग लिन अनिबार्य राजिनामा दिनुपर्ने नियम बनाए संगै बहालमा रहेका जनप्रतिनिधीहरु राजीनामा दिन लागेका हुन । पुन उम्मेदवार बन्न पहिलेको पदबाट राजिनामा दिनुपर्ने नियमा अनुसार स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष लगायतका जनप्रतिनिधीहरुले राजीनामा दिएको स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले बताएका छन ।
राजिनामा दिनेमा गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाही, वडा न १ का वडा अध्यक्ष जनक रोकाया, वडा न २ का वडा अध्यक्ष बिष्णु बुढा, वडा न ५ का वडा अध्यक्ष बिष्न बहादुर शाही, न्यायीक समिति सदस्य नेत्र बहादुर शाही, वडा सदस्यहरु मनिकेश बुढा र संग्राम भण्डारीले राजिनामा दिईसकेको अध्यक्ष शाहीले बताएका छन ।
अर्को चुनावको अघि नै हाल रहेको पदमा रहेका उम्मेदवारहरुले अनिबार्य राजिनामा दिनुपर्ने नियम पछि जिल्लाका अन्य स्थानीय तहका जन प्रतिनिधीहरु पनि राजीनामा दिने तयारीमा रहेका छन ।

चर्चामा

सम्बन्धित समाचार