मङ्लबार, जेष्ठ ८, २०८१

गजल!

  • बिहिबार, बैशाख ८, २०७९
गजल!

हो यो जुंवाको लडाई कति दिन चल्छ थाहाछैन,
कुन्दिन शंघर्षमा आफ्नै किल्ला ढल्छ थाहाछैन।

देशको बारेमा कसले सोंचला नागरिकले न सोंचे,
घरीघरी यो छातिमा पनि ज्वाला बल्छ थाहाछैन।

छोरा खाडी बाट न आत्तिनु बा उपचारगर्छु भन्यो,
कुनदिन बाटो हेर्दा हेर्दै यही प्राण गल्छ थाहाछैन।

पहिले संघियता ल्याय पछि एम सीसी नि आयो,
कस्तो होला यो देशको हाल मुटु जल्छ थाहाछैन।

आफु त ढुब्नै थालेको जुनजस्तै खै के गर्नसक्छु,
उपचारकै पर्खाइमा कैले कालले छल्छ थाहाछैन।

सुरेशकुमार पान्डे ।

चर्चामा

सम्बन्धित समाचार