शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • देश
  • एनसेलले ल्यायो ’इन्डलेस कम्बो प्याक’ हरू

एनसेलले ल्यायो ’इन्डलेस कम्बो प्याक’ हरू

  • बिहिबार, बैशाख ८, २०७९
एनसेलले ल्यायो ’इन्डलेस कम्बो प्याक’ हरू

काठमाण्डौँ — नेपाली नयाँ वर्ष २०७९ को अवसरमा एनसेलले ग्राहकलाई अझै सुलभ दरमा सञ्चार सेवामा पहुँच सुनिश्चित गराउँदै आकर्षक भ्वाइस र डाटा सेवा बन्डलिङ रहेको ’इन्डलेस कम्बो प्याक’ हरू सञ्चालनमा ल्याएको छ।

यो योजना अस्ति सोमवार ९वैशाख ५ गते० देखि सञ्चालनमा आएको एनसेलले जनाएको छ। यो योजनाअन्तर्गत एनसेलका प्रिपेड ग्राहकले करसहित २५ रुपैयाँमा बिहान ५ देखि बेलुका ५ बजेसम्म प्रयोग गर्न सकिने ’डे कम्बो प्याक’ र बेलुका १० देखि भोलिपल्ट बिहान ७ बजेसम्म प्रयोग गर्न सकिने गरी दुई आकर्षक प्याकहरूबाट फाइदा लिन सक्छन्।

’डे कम्बो प्याक’ अन्तर्गत प्रिपेड ग्राहकले एक सय एमबी डाटा र दुई सय मिनेटको अल नेट टक टाइम ९अन्य कुनै पनि सेवा प्रदायकको नम्बरमा कल गर्न सकिने० प्राप्त गर्दछन्। ग्राहकले ८१७११८८१३ वा ८१७१२३८२३ डायल गरी यो प्याक सुरु गर्न सक्छन्। त्यस्तै ग्राहकले एनसेल एपबाट पनि यो प्याक सुरु गर्न सक्ने कम्पनीले जनाएको छ।

बेलुकाको समयमा भ्वाइस तथा डाटा प्रयोग गर्न चाहने ग्राहकले दुई सय ५० एमबी डाटा र दुई सय ५० मिनेटको अल नेट टक टाइम भएको आकर्षक कम्बो प्याक २५ रुपैयाँमा सुरु गर्न सक्छन्। प्रिपेड ग्राहकले ८१७११८८१३ डायल गरी प्याक सुरु गर्न सक्छन् । त्यस्तै ग्राहकले एनसेल एपबाट पनि यो प्याक सुरु गर्न सक्छन्।

सुलभ दरमा ग्राहकलाई भ्वाइस तथा डाटा सेवा प्रदान गर्ने प्रतिबद्धताअनुसार यी आकर्षक कम्बो प्याकहरू ल्याएको एनसेलले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार