सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • समाज
  • मालिका माबिका बिद्यार्थीले खाजाको पैसा कटाएर मिनाको उपचारमा सहयोग

मालिका माबिका बिद्यार्थीले खाजाको पैसा कटाएर मिनाको उपचारमा सहयोग

  • बुधबार, बैशाख ७, २०७९
मालिका माबिका बिद्यार्थीले खाजाको पैसा कटाएर मिनाको उपचारमा सहयोग

बाजुरा–बाजुराको जगन्नाथ गाउँपालिका ४ थारिकाडा बस्ने २२ बर्षिय मिना खत्रीलाइ मालिका माबिका बिद्यार्थीले आर्थिक सहयोग गरेका छन् । बिद्यार्थीले दैनिक खाजाको पैसा कटाएर १९ हजार ४ सय १० सहयोग गरेको बिद्यायलका लेखापाल तिर्थ रावलले वताएका छन् ।
मिना खत्रिले माध्यामिक तहको शिक्षा मालिका माबिमा अध्यन गरेकि थिईन् । एउटै बिद्यालयमा पढेका बिद्यार्थीलाई समस्या पर्दा आफुहरुले दैनिक खाजाको पैसा कटाएर सहयोग गरेको बिद्यार्थीले वताएका छन् । हाम्रो सानो सहयोगले कसैको ज्यान बाच्न सक्छ, भने किन सहयोग नगर्ने भन्ने भएकाले सबैले सहयोग गरेको बिद्यार्थीले वताएका छन् ।
सहयोग रकम मालिका माबिका प्रअ शुभराज पाध्याय मार्फत पत्रकार महासंघ बाजुराका निवर्तमान अध्यक्ष प्रकाश सिंहलाई हस्तान्तरण गरिएको छ । उक्त रकम मिनाको उपचारका लागि काठमाडौ पठाइने भएको छ ।
मिना खत्रिले आर्थिक अभाबमा २ बर्ष पहिला देखी रोग पालिरहेकि थिइन् । बडिमालिका खबरमा आर्थिक अभाबमा दुइ बर्ष देखी मुटुको रोग पालिरहेको समचार प्रकाशित पछि बाजुरा बाट उद्धार गरेर काठमाडौमा उपचार भइरहेको छ । काठमाडौमा रहेको मेडिकल पुनस्र्थापना संस्था काठमाडौले मिनाको उपचारमा समन्वय तथा सहयोग गरिरहेको छ । २२ बर्षको उमेरमा पैसा नभएर अलपत्र परेको समचार आएपछि उनको मुटुको उपचारमा सहयोग गरेको संस्थाका अध्यक्ष सम्राट सिं बस्नेतले वताएका छन् ।
मिनाको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर काठमाडौमा उपचार भइरहेको छ । मिनालाई २ बर्ष पहिला गंगालाल हृदय निवारण केन्द्रले मुटुको अप्रेशन गर्नुपर्ने बताएको भएपनि पैसा नहुदा मिना मृत्यु कुरिरहेकी थिइन् । समचार आएपछि काठमाडौमा संस्थाले सहयोग गर्दा अहिले उपचार भइरहेको मिनाकी आमा तारा खत्रिले वताईन् । छोरीको उपचारका लागि दुइबर्ष देखी हारगुहार गरेको थिए, बल्ल भगवान फेला पारेको वताए ।
अस्पताले अप्रेसन नगर्दा सम्मका लागि खाने औषधि दिएको भएपनि पैसा नहुदा खाने औषधि छुटेको एक बर्ष भइसकेको मिनाले वताएकि छन् । मिना सँग ३ बर्षकी छोरी छ, पोइलि घरकाले बिरामी पछि व्यवास्ता गरेपछि आमा तारा खत्री सँग सदरमुकाम मार्तडीमा बसिरहेकी छन् ।
४ बर्ष पहिले बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको ३ जुकोटमा बिहे गरेकि थिईन् । बिरामी नहुदा सम्म पोईलीघरमा राम्रो सम्बन्ध थियो, बिरामी भएपछि वास्ता गर्न छोडेको थियो । नागरिकता समेत पोइली घर बाट नबनाई दिएपछि केही महिना पहिला माइती घर बाट बनाएकि थिईन् ।
मिनाका बुवा अतिथि खत्रीको द्धन्द्धकालमा माओवादीले हत्या गरेको थियो । आमा तारा अस्पताल बाजुरामा सरसफाइ गर्ने कर्मचारीका रुपमा छन् । आमाको पैसाले त खानलगाउन पुग्दैन उपचारको त धेरै टाढाको बिषय रहेको मिनाले वताईन् । मिना सँग उपचारको बिषय त धेरै टाढाको कुरा हो, काठमाडौ सम्म जाने गाडिभाडा नभएको वताईन् । मिनाले उपचार हुने आश समेत मारिसकेकी थिईन् ।

चर्चामा

सम्बन्धित समाचार