• होमपेज
  • विचार/ब्लग
  • गठबन्धन गर्नु नराम्रो होइन!

गठबन्धन गर्नु नराम्रो होइन!

  • मङ्लबार, बैशाख ६, २०७९
गठबन्धन गर्नु नराम्रो होइन!

सुरेशकुमार पान्डे — हामी यो देशका शन्तान हौं राजा पनि यहि देशका सन्तान हुँन तर राजाले देशमा तिस बर्ष भन्दा बढी जो साशन गरे त्यो ब्यबस्थालाई राम्रैगरि अध्यायन गर्छौँ भने जनताको रगत पसिनामा उन्ले रजाइं र ऐयासी गरेको देखिन्छ।उन्ले जनतामा ब्यापक दमन गरेपर देशमा निरंकुस साशन ब्यबस्था सञ्चालन गरेपछि उनि जनताको दुश्मन भएर जनताले आफ्नो रगत चुकाएर गणतान्त्रीक ब्यबस्था ल्यायका हुंन।उनि सम्मानिय जब हुन्थे जनताको माग अनुसार उनिआफै सम्बैधानिक हुन्थे भने जनताले उन्लाई सम्मान गर्थे।तर उन्ले आफ्नो राजपाठ जोगाउँन जिवन मरणको प्रश्न बनाए सक्यासम्म जनतामा दमन गरेका थिए।
अहिले पनि त्यो गुमेको स्वर्ग फेरी हत्थ्याउँन उन्ले सडयन्त्र गर्दै आएकाछन र कतिपय ठुलाराज नीतिक दलहरूले राजालाई फर्काउँने माहौल (आधार)तैयार पार्न मद्त गरेकाछन।कसैले देशमा हिंन्दु धर्मको वकालत गर्छन नेपाली धर्म के हो?त्यसको कसैलाई थाहानैछैन नेपाली पनको आभाषछैन हामी नेपालीहरूलाई हिंदु हिन्दु भनेर देशनै हिन्दोस्तान बनाउँने प्रयात्न हुंदैछ त्यो खेलमा राजा सहित छैनन भन्न मिल्दैन।अहिले नेपाली कांग्रेसका सभापति देशका प्रधान मन्त्रीले राजालाई आफ्नो एउटा भाशनमा भन्दै थिए “सक्छौ भने चुनाव जीतेर आउ”यो बिचार पनि गलतहो बरू राजालाई चुनाव लड्ने अधिकार दिने कि नदिने त्यो निर्णय गर्ने अधिकार संसदलाई दिनुपर्छ वा त्यसबारे जनमत संग्रह गर्नुपर्छ।
राप्रपाले आफ्नो घोषणा पत्रमा बैधानिक राज तन्त्र ल्याउँने भनेकाछन उनिहरूले जित्नु र राजाले जित्नु लगभग एउटै कुराहो।मोहन बेध्यले पनि बैधानीक राजतन्त्र स्विकारने धेरै पहिले देखी भन्दै आएकाछन।अहिले एमाले र राप्रपाले चुनावी गठबन्धन गर्दैछन।राजमो कांग्रेस लगायत पांच दलले गठबन्धन गरेकाछन।
अब एमाले र राप्रपाको गठबन्धन किन गलतछ र राजमोले कांग्रेस लगायतका दलहरू सँग गठबन्धन गर्नु किन सहिछ यसबारे छलफल गर्नुपर्छ।त्यसको छलफल गर्नु भन्दा पहिले देशको बर्तमान अबस्था तर्फ केही अध्यान गर्नुपर्छ।अहिले देशमा बिगतको तुलनामा प्रतिगामिहरूको पकड धेरै बलियो हुंदै आएकोछ।हामिले प्रतिगमन भनेको किन र कस्लाई भन्न खोजेकाछौं?हिंजो देशका हजारौं हजार जनताको रगत र पसिना पोखेर हामिले ल्यायको बहुदलिय ब्यबस्थालाई फेरी खतराछ अहिले राजाबादीहरू खुलेमा राजा आउ देश बचाउका नारा लगाउँदैछन रा प्रपाले मञ्चबाट राजतन्त्र फर्काउँने घोषणा गर्दैछ त्यो प्रतिगमनकारी शड्यन्त्रहो भनेर हायिले भन्दै आएकाछौँ।
देशभित्र साढे छे दशक सम्मको बलिदानी पुर्ण शंघर्षको प्रतिफल हामिले सम्बिधान सभाको निर्वाचन गराउँन सफल भयौं र देशमा अहिले सम्मको राम्रो सम्बिधान बनेकोछ।यद्मापी सम्बिधानमा कयौं त्रुटीहरू पनिछन त्यो छुट्टै बिषयहो त्यसबारे अध्यायन गरेर जुन बुंदा देशको हितमा छैन र जनताको हितमा छैन त्यसबारे आपसी छलफलबाट परिमार्जित गर्ने हटाउँने अधिकार छ।सबै भन्दापहिले देशलाई संघियताको आबस्याकताछैन त्यो अबिलम्बन खारेज गर्नुपर्छ।
तर यो सम्बिधानमा उल्लेख धर्म निरपक्षियता र गणतान्त्रिक ब्यबस्था अहिलेको मुख्य उपलब्दिहो।त्यो दुबै चिजलाई राजाबाट खतराछ भन्ने हामिलाई लागेकोछ।त्यसकारण अहिले देशमा प्रतिगमनको खतरा भयको वेला गणतान्त्रीक शक्तिहरूको एकता मायने लाग्छ त्यसको ठुलो महत्वछ।अहिले देशमा राजमो नेपाली कांग्रेस र एमाले बाट फुटेर र ओलिको प्रतिगमनको बिरोधमा आएका बाबुरामको दोग्लो नीतिको बिरोधमा मधेसवादीहरू मिलेर जुन गठबन्धन बनाएकाछन यसको अहिलेको परिवेसमा ऐतिहासिक महत्वछ।एमाले राप्रपाले जुन गठबन्धन गरेकाछन त्यो राजालाई फर्काउँन र हिंन्दु धर्मलाई फर्काउँनको लागी उनिहरूको बिचमा गठबन्धन भयकोले त्यो अपबित्र गठबन्धन भएकोछ।
राजावादी शक्ति बाट बर्तमान सम्बिधानलाई ठुलो खतराछ जो हजारौं शहिदले आफ्नो बलिदान दिएर ल्यायकाहुन त्यस कारणले गर्दा गणतान्त्रीक शक्तिको एकता समय शान्द्रभिक हो भन्ने हामिलाई लाग्छ।
हामीले लेख्दै आएकाछौं राष्ट्रियतको बिषयमा हामिले राजवादीहरू सँगपनि एकता सहकार्य तालमेल गर्नुपर्छ तर देशभित्रको लडाईमा हामिले सकेसम्म गणतन्त्रवादीहरू सँग गठबन्धन गरेर जानुपर्छ त्यो शही दुरदर्शियता हुन्छ।क्रन्तिकारी बिषयमा क्रान्तिकारी शक्तिहरू कुनैछ भने वा एउटा नारामा पनि कार्यगत एकता गरेर जाने नीति हुंनुपर्छ।
कतिपय साथिहरूले कांग्रेस हाम्रो दुश्मन शक्तिहो एमाले हाम्रो मित्र शक्तिहो भनेर कांग्रेस सँग गठबन्दन गर्नु राजमो को पद लोलुप्ताहो भनेकाछन।एउटा डुइटा सिट हात पार्न यति तल सम्म खसेकोछ भनेर उपहाश गर्छन।उनिहरूले यो किन भन्दैनन् एउटा क्रान्तिकारी पार्टीले देशमा हुंने प्रतिगमनको बिरूद्धमा एउटा प्रतिकृयावादी शक्तिसँग पनि गठबन्धन गरेर राजमोले महान र शान्द्रभिक काम गरेकोछ।वा उनिहरूले पनि राजाले सत्ता हत्थ्यायपछि बल्ल तालमेल गर्नेहुन?त्यसो हाम्रो देशमा पहिले देखुननै हुंदै आएकोछ यँहा द्वौराउँन नपर्ला।
त्यो गलत बिष्लेषणहो किन की कांग्रेश दुश्मन शक्ति हुंदा हुँ दैपनि त्यो गणतान्त्रिक शक्तिहो भने एमाले मित्र हुंदाहुंदैपनि त्यसले प्रतिगमको बाताबर्ण बलियो बनाउँदै लगेकोछ त्यसकारण त्यसको राजनीतिक चरित्रको भण्डाफोर्ड गर्नु अहिलेको मुख्य बिशेषताहो।
राजमोले गठनकाल देखून शही बिष्लेशण गर्दै आएकोछ मात्र कतिपय मित्रहरूले राजमोको कार्यप्रणालीलाई शहि ढंगले मुल्याङ्कन गर्नुको साटो आफ्नो रिसपोख्ने प्रयत्न मात्रगर्दछन।
कुनैपनि पार्टीले आफ्नै अफ्शान गर्न चाहांदैन बरू अदुरदर्शियताले उसको भबिश्य निर्धारित गर्दछ यदि राजमोको कार्यनीति समय प्रतीकुल हुन्छभने त्यसको दुरागामी असरपनि राजमोलाई पर्नेछ।तर अहिलेको अबस्थामा पनि राजमोको शही नीतिछ र यसको फाइदा आउँने दिनहरूमा प्रष्टै देखिनेछ।हामीले चुनावलाई जिवन मरणको प्रश्न बनाएकाछैनौं तालमेलता एउटा गणतान्किक शक्ति सँग समयको मागहो भोलीका दिनहरूमा कसैले तालमेल नगरेपनि राजमोले एक्लैपनि चुनावलाई प्रतिगमनको बिरूद्धमा उपयोग गर्ने निर्णय गरिसकेकोछ।साथिहरूले राजमो र कांग्रेसको गठबन्धनलाई अपबित्र राजमो र राप्रपाको गठबन्धनलाई पबित्र भन्न खोज्नु भयकोछ।त्यो आतमाघाती बिष्लेशणहो।त्यो भोलिका दिनहरूमा प्रष्ट हुंदैजानेछ।
एउटा घरमा एकभाईले घर मा आगोलगाउँन हुंन्न भन्छ आर्को ले आगो लगाउँन खोज्छ यि दुबै भाई मध्यले जसले आगो लगाउंन बाट जोगाउँन खोज्ने दुश्मन सँग मिलेर आगो लगाउँन बाट रोक्न खोज्छ भने त्यो दुश्मन सँग गरेको गठबन्धन पनि अपबित्र हुन सक्दैन किन कि त्यो गठबन्धन राम्रो कामको लागि भयकोछ।अहिलेको अबस्था ठिक तेस्तै हो भनेर बुझ्नु पर्छ।कहिंले कांही देशर जनताको हितमा दुश्मन शक्ति सँगपनि गरिने गठबन्धन अपबित्र हुँदैन।यो लेख पढिहाल्नु भयो भने प्याट साथिले आफ्नो गोरूको बारै टक्का आफुले गरेपछि सहि अरूले गरेपछि त्यही गलत भन्नु हुंनेछ।त्यसो भन्नेभन्दा पहिले देशको अबस्था र राजनीतिक शक्तिहरूको भूमिकालाई जरूर एक पल्ट अध्यायन गर्न नभुल्नुहोला।

चर्चामा

सम्बन्धित समाचार