आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • राजनीति
  • बाजुराको स्वामिकार्तिक गाउँपालिकामा गठबन्धन भत्कायो काँग्रेसले

बाजुराको स्वामिकार्तिक गाउँपालिकामा गठबन्धन भत्कायो काँग्रेसले

  • शनिबार, बैशाख ३, २०७९
बाजुराको स्वामिकार्तिक गाउँपालिकामा गठबन्धन भत्कायो काँग्रेसले

बाजुरा — सत्ता गठबन्धनमा रहेका दलहरूले केन्द्रबाट चुनावी तालमेल गर्ने सहमति गरे पनि स्थानीय तहमा नेता कार्यकर्ताले भने त्यसको विरोध गरेका छन् । गठबन्धनको ठूलो दल नेपाली कांग्रेस चुनावी तालमेलको विषयमा देशभर पक्ष/विपक्षमा विभाजित भएको छ ।
अन्य पार्टीमा समेत तालमेलबारे असन्तुष्टि बढ्दो छ । उम्मेदवार मनोनयनका लागि अब नौ दिनमात्रै बाँकी छन् । तर, उम्मेदवारको टुंगो लगाएर मत माग्न हिँड्नुपर्ने दलहरू भागबण्डा मिलाउनमै व्यस्त छन् ।
सोही क्रममा बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा पनि भागबण्डा नमिल्दा नेपाली काग्रेसले गठबन्धनबाट बाहिरीने निणर्य गरेको छ । नेपाली काग्रेँस स्वामिकार्तिक खापर गाउँपालिकाको बैठकले गठबन्धनमा नजाने निणर्य गरिसकेको जनाएको छ । पालिका अध्यक्ष काग्रेसले पाउनुपर्ने माग गर्दै आएको र नेकपा एकीकृत समाजवादीले अस्विकार गरेका कारण गठबन्धन भत्किएको नेपाली काँग्रेस गाउँ कार्यसमिति स्वामिकार्तिक खापर गाउँपालिकाले जनाएको छ ।
आफ्नो बहुमत हुदाहुदै समाजबादी र माओबादीलाई अध्यक्ष उपाअध्यक्ष दिन नसकिने नेपाली काग्रेस गाउँ कार्य समितिले जनाएको छ । स्वामिकार्तिक खापर गाउँपालिकामा नेकपा माओबादी नेकपा एकीकृत समाजवादी पार्टीसंग गठबन्धन नगर्ने निणर्य गरेको नेपाली काग्रेस बाजुराको प्रदेश (क) का प्रदेश सचिव जनम धामीले बताएका छन ।
२०७४ को स्थानीय तह निर्वाचनमा स्वामिकार्तिक खापर गाउँपालिकामा नेकपा एमालेले जितेको थियो । नेकपा एमाले बाट निर्बाचीत गाउँपालिका अध्यक्ष चिरनजिबी शाही र उपाअध्यक्ष मिमा बुढा नेकपा एमाले बिभाजन पछि नेकपा एकीकृत समाजवादी पार्टीमा समाबेश भएका छन ।
गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित केही सदस्यहरु नेकपा समाजबादीमा गएका भए पनि गाउँपालिका जित्ने आट गरेको नेकपा एकीकृत समाजवादी पार्टीका लागि सकस हुने भएको छ । सत्तारूढ गठबन्धनबीचमा तालमेल हुँदा नेकपा एकीकृत समाजवादीले यो पालिका अध्यक्ष मागेको र सो कुरा काग्रेसले नमानेपछी गठबन्धन भत्किएको प्रदेश सचिव धामीले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार