सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • समाज
  • सांघातिक आक्रमण गरी फरार रहेका अभियुक्तहरू पक्राउ

सांघातिक आक्रमण गरी फरार रहेका अभियुक्तहरू पक्राउ

  • शनिबार, बैशाख ३, २०७९
सांघातिक आक्रमण गरी फरार रहेका अभियुक्तहरू पक्राउ

बाजुरा–बुढीनन्दा नगरपालिका १ भारती कौसाडीमा सांघातिक आक्रमण गरी फरार तिन जना अभियुक्तहरू जिल्ला प्रहरी कार्यलय बाजुराले पक्राउ गरेको छ । चैत २८ गते राति भारती कौसाडीमा मार्तडी देखी जगन्नाथ तर्फ गईराखेको प्रदेश नं.२-००१ चं.०११३ नम्बरको जीपमा सवार दुई जना यात्रुहरुलाइ आक्रमण गरि गम्भिर घाइते बनाएको थियो ।
फरार अभियुक्तहरू पक्राउ पर्नेमा स्वामिकार्तिक खापर गाँउपालिका ३ जुकोट बस्ने २१ बर्षिय उत्तम सिंह, २० बर्षिय उपेन्द्र शाही र २१ बर्षिय अनिल सिंह रहेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख डिएसपी चतुर्भुज ओझाले वताएका छन् । गाडिमा सवार गरिरहका जगन्नाथ गाँउपालिका १ बस्ने २१ बर्षीय केशब कामी र सोही ठाउँ बस्ने २४ बर्षका चन्दलाल बि.क. लाई धारिलो हतियार तथा ढुङ्गाले आक्रमण गरी गम्भिर घाईते बनाएको थियो । आक्रमण पछि तिनै जना फरार रहेका थिए । जिल्ला प्रहरी कार्यलय बाजुराले प्रतिवादीहरुको खोजतलास गर्ने क्रममा पक्राउ गरेको थियो ।
घाईतेको दाजु दलबिर बि.क.को जाहेरीले ज्यान मार्ने उद्योग मुद्दा दर्ता भईसकेको छ । बाजुरा जिल्ला अदालतबाट दिन ९ म्याद थप भई विस्तृत अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । केशब कामीको हाल नेपालगंज स्थित नर्सिङ होमको सघन कक्षमा उपचार भईरहेको र अर्को घाईतेको सोही अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार