आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • कम्युनिष्ट सिध्याउँने खेल!

कम्युनिष्ट सिध्याउँने खेल!

  • शुक्रबार, बैशाख २, २०७९
कम्युनिष्ट सिध्याउँने खेल!

सुरेशकुमार पान्डे — मैले केही मैना पहिले एउटा लेख लेखेको थिएं एम सी सी भित्रिने कम्युनिष्ट बाहिरिने खेल भयो”भनेर त्यो लगभग मिल्दो जुल्दो अड्कल भयो।एम सीसी लाई”ना-ना कर्ते कर्ते हां-हा कर्बैठे”त्यो पारित गराएरै छाडे।आफुलाई कम्युनिष्ट भन्नेहरूलाई नै यसको श्रेय जान्छ।अब एउटा कथा सानो छंदा पढेको थिएं”कुखुरी कां बासि भात खाँ केसित खाऊँ मासु सित खाउँ खै मासु बिरालोले लग्यो खोई बिरालो मुसामार्न गयो खोई मुसा दुला भित्र पस्यो खै दुलो गाइले कुच्यो खै गाई खोलाले बगायो खै खोला स्याप्पै सुक्यो।”
अबको पालो कम्युनिष्टलाई सुकाउँने गम्भिर खेल हुंदैछ।यो खेल खेलेकोछ छिमेकीले यस्को प्रमुख मोहोरा बनेकाछन ओली।ओलिको त्यो खेलले कम्युनिष्ट भनाउँदाहरूलाई टुक्रा कुक्रा पारेकोछ हामी क्रान्ति गर्न कमर कसेकाहरू आफ्नो अस्तित्व जोगाउँन गोल चक्र काटेकाछौं।
ओलीको सत्ता मोहले देशमा प्रतिगमनको खतरा बढेपछि स्वायम ओलीको बिरोधमा गणतन्त्रवादीहरूले मोर्चा बनाउँनु पय्रो।अहिले देशको अबस्था हेर्दा गणतन्त्र जोगाउँन गारो देखिन्छ।
एका तिर देशलाई यि अदुरदरसियतावादीहरूले संघियताको खेलमा आर्थिक सङ्कटमा डोराउँदैछन भने त्यसैलाई ब्यापक प्रचार गरेर राजावादीहरूले पुरै गणतन्त्रमाथि आकारमण गर्दै आएकाछन।धर्म निरपक्षियताको बिरूद्धमा हिंदुधर्मको पक्षमा विस्व हिन्दु परिषद,बिजेपी र रिजावादीहरूको दवाबमा कयौं ओली लगायत आफुलाई कम्युनिष्ट भन्नेहरूको अघोषित एकता बनेकोछ भन्ने उनिहरूको ब्यबहारले देखाएकोछ।
आर्कोतर्फ कम्युनिष्ट भनौदाहरू देशको अबस्थालाई गम्भिर रूपमा नलिएर गणतन्त्रवादीहरूमाथी नै प्रहार गर्दै आएकाछन।यो ब्यबहारले कम्युष्टको नामो निसान नरहने अबस्था श्रृजित भएकोछ।
भारतमा बिजेपीको सरकार आएपछि आफुलाई कमरेड भन्नेहरू कुन दुलामा लुके थाहाछैन।बरू एउटा केजरिवालले एक्लै बिजेपीको गलत नीतिको बिरूद्धमा शंघर्ष गर्दै आएकोछ।त्यो भन्दा पहिले कांग्रेसको वेलामा सिपि एमका कामरेडहरूको खुबै चहल पहल थियो संसदमा पनि एकपटक साठी पैंसठ्ठि सासंद पनि थिए।लोक सभामा र राज्य सभामा पनि थिए पश्चिम बंगालमा सरकारनै थियो।अहिले भारतमा लगभग लोक सभामा त रित्तिएकोछ।नेपालमा पनि अबका दिनहरूमा कम्युष्ट जुनसुकै भएपनि सिद्धाउँने खेल हुंदै आएको देखिन्छ।भारतमा कांग्रेस समेतको बोल्ति बन्द गराउँने बिजेपी एउटा केजरीवाल सँग डरले थरथर परेर दिल्लिमा नगरपालीकाहरूको निर्वाचनलाई समेत पोस्पंट गर्न पुग्यो।सांच्चै भन्नेहो भने एउटा क्रान्तिकारी कम्युनिष्टले पनि गर्न नसकेको काम भारतमा केजरिवालले गरेकाछन त्यो ब्यबहार बाट अहिले सम्म भारतमा कम्युनिष्टले आफ्नो राज्यहरूमा गर्न नसकेका उनले गरेर देखाएकाछन।
अहिले नेपालमा हिंदु राज्य बनाउँने बहानामा पुरै गणतन्त्र माथि आकार्मण गरेर प्रतिगामि शक्तिहरूले राजालाई अगाडी सार्दैछन।भोलीको दिनमा हाम्रो स्यानो गलतिले देशमा गणतन्त्रको घांटी निमुठ्ठिंदा बल्ल होश आउँनेछ।नेपालीहरूको बुद्धी ठोक्कर खाएपछि बल्ल आएको हुन्छ।
सात साल एताको दलहरूको इतिहाश हेर्दा त्यही कुरा देखिन्छ।राजनीतिक पार्टीहरूको कम्जोरीको फाइदा उठाएर राजाले आफ्नो साशन चलायो जनतालाई माछो माछो भ्यागुतो गरायो।छयालिस सालमा पनि उस्तै गरायो सैंतालिस साल तिर राजाले सम्बिधान सुधार आयोग गठन गरेर कयौं कम्युनिष्टलाई लोलीपोप देखाएर सत्तामा आफ्नै पकड बलियो बनायो।
२०५२सालमा कथित क्रान्तिकारीहरूले सशस्त्र कथित जनयुद्धको सुरूवात गरेपछि सम्बिधानमा त्यो वेला उल्लेखित”आपतकालमा देशको एकलौते वारिस श्रीपाँच होइबक्सिनुहुन्छ”भन्ने बिचारलाई प्रयोग गरेर शाही घोषणा गर्यो र जनताको अधिकारलाई हत्यागर्यो।यो आधार त्यो वेलाका जनयुद्ध गरेकाहरूले बनाई दिएकाहुँन।यसरी देशमा नेताहरूको अदुरदर्सियताले गर्दा र सत्ता र पदलोलुप्ताहरूले गर्दा राजाले प्रतिगामी पाइला चाल्न सफल भएकाथिए।अहिले देशमा सम्बिधान सभा द्वौरा निर्माण भयको जनाधिकारलाई कुण्ठित गर्न सम्बिधानका धाराहरूलाई संसोधन गर्नुपर्ने भएकोले राजालाई जनसमर्थनको खांचोछ त्यो पुर्ति गर्नको लागि राजाले कम्युनिष्ट भनौदाहरूलाईनै उपयोग गर्न थालेकाछन भन्ने कुरा केपी शर्मा ओलि र मोहन ब्यध्यको पटक पटकका बिचारहरूले प्रष्ट पार्दै लगेकोछ।केपि शर्मा ओलिको पसुपति मोह र किरणको राजा संँग पनि एकता गरेर जाने बिचारले यो बिषयमा संका गर्ने ठाउँछ।अहिले देशको अबस्था भित्र भित्रै कम्युनिष्ट भनौदाहरूनै कम्युनिष्ट आन्दोलनका बिरूद्धामा लागेको आभाश हुन्छ।यही चाला रहिरहने हो भने कम्युनिष्ट खोज्दा पनि नभेट्टिने बाताबर्ण सिर्जना हुंनेछ।
अहिले प्रचण्डले बधुत प्राधिकरणका प्रबन्धक घिसिङको फोटा लगाएर चुनाव प्रचारगर्दैछन।यो कुन सम्बिधानमा लेखिएकोछ एउटा सरकारी ओफिसरले चुनाव प्रचार गर्ने भन्ने?यो सरकारी क्षेत्रको घोर दुर्पयोग होइनर?यदि हो भने घिसिङले राजिनामा दिनुपर्छ वा सार्वजनिक आत्मोलोचना गर्नुपर्छ।हुन त अहिले मात्रै होइन बिगतका दिनहरूमा स्कुलमा पढाउँने सरकारी मास्टरहरू समेतले खुल्लम खुल्ला राजनीति गर्दै आएकाछन चुनावमा भाग लिंदै आएकाछन।त्यसमा धेरैजसो कांग्रेस र एमालेका भेट्टिन्छन त्यो पनि सरकारी पदको दुरपयोग हो यो समयमै बन्द हुनुपर्छ।हाम्रो देशमा जे गरेपनि किन यसरी छुट हुन्छ?छिमेकी मुलु भारतमा यसरी खुलेआम राजनीति गरेको पाइँदैन तर हाम्रो देशमा निर्धक्क राजनीति गर्दै हिंडेकाछन।एउटा शिक्षक जस्तो जिम्मेवार पदमा कार्यरत ब्याक्तिले खुलेआम राजनीति गर्छ भने त्यसले बिध्यार्थिलाई कस्तो शिक्षा दिन्छ?यो गम्भिर बिषयहो।
अहिले यही गतिबिधीले गर्दा देशलाई ठुलो आर्थिक संकट परेकोछ।देशलाई यही आर्थिक संकटले बहुदलिय ब्यबस्थालाई खतम गरेर एकदिन राजाले निर्दलिय ब्यबस्था सुरू गर्ने आधार बन्नेछ यो मेरो बिचार स्यालहुइया होइन बरू यसमा समबन्धित पक्षले ध्यान पुरावस।अहिले बाटनै कम्युनिष्टहरू सजग र सचेत नरहने हो भने देशमा कम्युनिष्टहरू खोज्दा पनि भेट्टीने छैनन् भन्ने कुरालाई अहिलेनै ध्यान पुराउनुहौश।

चर्चामा

सम्बन्धित समाचार