मङ्लबार, जेष्ठ ८, २०८१

गजल!

  • बिहिबार, बैशाख १, २०७९
गजल!

जता ततै सुगन्धित फूलै फुलको रास हुनुपर्छ,
मान्छेको आसियाना त शुन्दर निवास हुनुपर्छ।

दुनियाँले पनि याद गरोश हिमाल पहाड तराई,
हाम्रो देश त स्वर्ग भन्दा पनि धेरै खास हुनुपर्छ।

वीरहरूको नसा नसामै जिउँदो रगत बगेकोले,
यो देशलाई कुनियतले हेर्नेहरुकै लाश हुनुपर्छ।

बिदेशमा गई अब समय खेर नफालौं युवाहरू,
युवाशक्ति लगाएर यही देशमा बिकाश हुनुपर्छ।

दुनियाँ भरिका देशको निमित्त लडेर जित्नेको,
अब आफ्नै देशको बिकाशगर्ने सहाश हुनुपर्छ।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार